काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनका क्रममा कांग्रेसका महामन्त्री गगन थापाका मतदाताले थापा प्रधानमन्त्री भएमात्रै देशमा विकास हुने बताएका छन्।
जारी मतदानका क्रममा मतदानस्थलमा भेटिएका मतदाताहरुले गगन थापा देशको प्रधानमन्त्री हुनु आवश्यक रहेको बताएका हुन्।
मतदानस्थलमा भेटिएका मतदाता लोकेश कुँवरले देशको प्रधानमन्त्री गगन थापालाई नै देख्न चाहेको बताएका छन्।
‘गगन थापा यो देशको प्रधानमन्त्री बनेपछि मात्रै देश विकास हुन्छ,’ उनी भन्छन्, ‘देशलाई युवा शक्तिको जरुरत छ। अबको नेतृत्वमा युवा आउनुपर्छ। युवा नेतृत्वमा आएसँगै स्वास्थ्य, शिक्षालगायतका रहेक क्षेत्रमा विकास हुन्छ। युवाले युवाको कुरा बुझ्छ, त्यसैले परिवर्तन गर्न सजिलो हुन्छ।’
विगतको सरकारबाट आफू सन्तुष्ट नरहेको बताउँदै उनले भने, ‘अबको सरकारमा गगन थापा प्रधानमन्त्री हुनुपर्छ र मात्रै परिवर्तन सम्भव छ।’
त्यस्तै अर्का मतदाता चन्द्र पौडेल पनि आफूले युवा पुस्तालाई नै अबको नेतृत्वमा देख्न चाहेको बताएका छन्।
‘अबको नेतृत्वमा युवा पुस्ता नै आउन आवश्यक छ,’ उनी भन्छन्, ‘युवाले जति परिवर्तन गर्न सक्छन्। यी ६० कटेका नेताहरुले त्यति गर्न सक्दैनन्। विगतको सरकारले आफ्ना लागि मात्रै गर्यो, आफ्नालाई सत्तामा पुर्याउने, कता उम्मेदवारमा उठाउने यस्तै मात्र गरेका छन्, देशका लागि केही गरेनन्।’
त्यस्तै अर्का मतदाता महेन्द्र बोगटी पनि अबको नेतृत्वमा युवालाई नै रोज्ने बताउँछन्। उनी भन्छन्, ‘अबको नेतृत्वमा युवा, देशलाई र देशको स्थिति बुझेको व्यक्ति आउनुपर्छ। मुख्य कुरा त नेतृत्व गर्न सक्ने व्यक्ति चाहिएको छ।’
विगतको सरकार भागबण्डामा बाचेको सरकार रहेकोसमेत उनले आरोप लगाएका छन्।