
काठमाडाैँ- ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता कायमै गरेकाे छ।
साेमबार बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो मतपरिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मत ल्याएका छन्। हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त गरेका छन्।
यस्तै, राप्रपाका रघुवरराज थापाले ३ हजार ४३४, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २६२ र नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले २ हजार ८२८ मत ल्याएका छन्।
सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ।