पोखरा – मुस्ताङ ‘क’ मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्। नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै नम्डुले गण्डकी प्रदेश सभामा इन्ट्री मारेका हुन् । विष्ट गण्डकीका निवर्तमान प्रदेशसभा सदस्य हुन्।
गुरुङले १ हजार ८४ मत पाउँदा विष्टले ७९३ मत पाए । यहाँ ३ हजार ५४१ मतदाता रहेकोमा १ हजार ८५५ मत खसेको थियो । नम्डु गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा भने पराजित भएका थिए।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को वडाध्यक्षमा उनी नेकपा एमालेका छिरिङ धिण्डु गुरुङसँग २७ मतले पराजित भएका हुन्। नम्डुले ९९ र छिरिङले १२६ मत पाएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































