लमजुङ – दुई ठूला दलका हेभिवेट नेताबीचको प्रतिस्पर्धा भएको लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ अगाडि देखिएका छन्।
एमालेका उपमहासचिव गुरुङले सुरुवाती अग्रता लिएका हुन्। गुरुङले २ हजार ५०८ मत पाउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका महासचिव समेत रहेका देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन्।
४ हजार ९०४ मतगणना सकिएको छ । लमजुङमा आइतबार भएको निर्वाचनमा कुल १ लाख ३३ हजार ५५९ मतदाता रहेकोमा ८० हजार ९१७ मत खसेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































