
झापा- झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता थप फराकिलो बनाउँदै गएका छन्।
ताजा जानकारीअनुसार शर्माले १४ हजार ८८१ मत पाएर फराकिलो मतान्तर कायम गरेका हुन्। उनलाई नेकपा एमालेका अग्नि खरेलले ९ हजार ३२९ मतसहित पछ्याइरहेका छन्।
शर्मा ५ हजार ५५२ मतले अगाडि छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले २ हजार ८२८ मत पाएका छन्।