काठमाडौँ – डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लगभग दोब्बर मतको लिएका छन् । तर युवा उम्मेदवार सागर ढकालले राम्रो मतसहित उनलाई पछ्याइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार प्रधानमन्त्री समेत रहेका देउवाले २५ हजार ५३४ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा कांग्रेस बिपिका कर्णबहादुर मल्लले सात हजार ५३५ मत पाएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































