पर्सा–१ मा गठबन्धनका उम्मेदवार लक्ष्मण लाल कर्णको जमानत जफत

पर्सा–१ मा गठबन्धनका उम्मेदवार लक्ष्मण लाल कर्णको जमानत जफत
+
-

वीरगञ्ज – पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका लक्ष्मण लाल कर्णको जमानत जफत भएको छ।

लोकतान्त्रिक समाजबादी पार्टीका नेता रहेका कर्णले गठबन्धनबाट उम्मेदवार भई जमानत समेत जोगाउन सकेनन्।

उनले १ हजार ११७ मत मात्रै प्राप्त गरे ।यस क्षेत्रमा कुल मतदाता ७७ हजार ९३३ रहेकामा ५१ हजार ३७९ मत खसेको थियो । कर्ण मधेसका पुराना नेता हुन ।सदभावना पार्टीबाट नै निरन्तर मधेसबादी दलमा आबद्ध रहदै आएका उनी ०७४ सालको निर्बाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट साँसदमा निर्बाचित भएका थिए।

तर,यसपालि पाँच दलबीच गठबन्धन हुदा कर्ण आबद्ध रहेको दल लोसपाले क्षेत्र नमबर १ पाएपछि उनी क्षेत्र परिबर्तन गरि यहाँबाट लडेका थिए ।पाँच दलको साथ पाउने आशामा लडेका कर्णको जमानत समेत जफत भएको हो ।लोसपाको भने क्षेत्र नम्बर १ मा सँगठन नै थिएन ।

उनलाई पाँच दलले समेत साथ दिएनन ।यस क्षेत्रमा एमाले जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका नेता एवम् पुर्ब बन मन्त्री प्रदिप यादवले २२ हजार ५३७ मत ल्याएर बिजयी भए ।

उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले २० हजार ९१७ मत प्राप्त गरे ।काँग्रेसबाट टिकट नपाएपछि द्विबेदी स्वतन्त्रबाट उठेका थिए ।०७४ सालमा पनि यादव नै यो क्षेत्रबाट जितेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?