काठमाडौँमा माओवादीका उम्मेदवार अस्वीकृत

काठमाडौँमा माओवादीका उम्मेदवार अस्वीकृत
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँमा थप कमजोर बनेको छ । २०७० को चुनावदेखि नै कमजार देखिएको माओवादी मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा काठमाडौँमा उम्मेदवारी दिएका सबै क्षेत्रमा पराजित भएको छ ।

काठमाडौँमा प्रतिनिधिसभाका १० मध्ये पाँच र प्रदेशसभाका २० मध्ये ६ क्षेत्रमा उम्मेदवारी दिएको माओवादीका उम्मेदवार सबै ठाउँमा पराजित भएका छन् ।

माओवादीको नेतृत्व लिन सक्नेमध्ये एक महिला नेतृ ठानिएकी पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती मगर काठमाडौँ २ बाट गठबन्धनको उम्मेदवार बनेकी थिइन् । उनी चार हजार ९४९ मत ल्याएर पराजित भइन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भइन् ।
यस्तै, काठमाडौँ क्षेत्र नम्बर ३ मा पनि माओवादी उम्मेदवार पराजित भए ।

सत्ता गठबन्धनको सहमति विपरित उम्मेदवारी बद्रिप्रसाद बजगाईँ ५१८ तम ल्याएर पराजित भए । बजगाईँले अन्तिम समयमा उम्मेदवारी निष्क्रिय गराएको बताएका थिए । काठमाडौँमा ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई (अस्मिता सिंह) सत्ता गठबन्धनको तर्फबाट माओवादीको उम्मेदवार बनेकी थिइन् । उनी ६ हजार ६३ मत ल्याएर तेस्रो भइन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भए ।

यस्तै, काठमाडौँ ९ गठबन्धनको उम्मेदवारका रुपमा प्रस्तुत भएकी माओवादीकी कल्पना धमला पराजित भइन् । उनले ६४ सय ४ मत पाइन् । यो क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयीका छन् ।

यस्तै काठमाडौँ क्षेत्र नम्बर १० मा पनि माओवादी उम्मेदवार अञ्जना विसंखे पराजित भइन् । गठबन्धनको साझा उम्मेदवार नरहेकी उनले ५ हजार २६५ मत पाइन् । गठबन्धनका उम्मेदवार कांग्रेसका राजन केसी यो क्षेत्रबाट विजयी भएका छन् ।

प्रदेशसभामा पनि माओवादीको विजोग

काठमाडौँका ६ प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएका माओवादी उम्मेदवार पराजित भए।

प्रदेशसभामा काठमाडौँमा ३ (क) मा कपिल उप्रेती, काठमाडौँ ३ (ख) मा महेश्वर फुयाल पारजित भए । यस्तै काठमाडौँ ६ (क) मा रवीन्द्र प्रसाद श्रेष्ठ तथा ६ (ख) मा प्रकाश फुयाल, काठमाडौँ १० (क) मा दीलिप महर्जन तथा १० (ख) मा गणेश कुँवर पराजित भएका छन् ।

गत वैशाखामा भएको स्थानीय तहको चुनावमा माओवादीले काठमाडौँका १३८ वडामा ७२ मा उम्मेदवार उठाएको थियो, उनीहरूले १६ हजार मत मात्रै पाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?