
काठमाडाैँ – नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का प्रेम सुवाल भक्तपुर क्षेत्र नम्बर १ मा फराकिलाे मतान्तरका साथ प्रतिनिधसभा सदस्यमा विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार सुवाल ३० हजारबढी मतान्तरले विजयी भएका हुन् ।
सुवालले ४२ हजार ७६१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा पनि यो क्षेत्रमा नेमकिपाका सुवाल नै विजयी भएका थिए ।
यस्तै, राप्रपाका भरतबहादुर खड्का ९ हजार ३०३ मतसहित तेस्रो भएका छन् ।