दोलखाका १० मतदान केन्द्र कहाँ कहाँ हुने भए पुनःमतदान?

दोलखाका १० मतदान केन्द्र कहाँ कहाँ हुने भए पुनःमतदान?
+
-

काठमाडौँ – निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनमतदान गराउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको हो।

धाँधली भएको उजुरी परेपछि आयोगले सहसचिव आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको स्थलतग अध्ययन टोलीले खटाएको थियो।

टोलीले पुनः मतदानमै जाँदा उपयुक्त हुने राय सहितको प्रतिवेदन दिएपछि आयोगले पुन मतदान गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।

कहाँ कहाँ हुने भए पुनः मतदान?

१) बैत्यश्वरको वडा नं. ६ क,ख,ग मतदान केन्द्र

२) वैत्यश्वरको ३ कालिढुङ्गा क,ख,ग मतदान केन्द्र

३) बैत्यश्वर २ को जनज्योति क,ख मतदान केन्द्र

४) तामाकोसीको हेल्थपोस्ट क, ख मतदान केन्द्र

आयोगले अब हुने चुनावमा हुल हुज्जत गर्ने जो सकुकैलाई पनि तत्काल पक्राउ गर्न समेत निर्देशन दिएको छ।

निर्णयमा भनिएको छ, ‘मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने धाक, धम्की वा डर बाश देखाउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ बमोजिम कारवाही गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिने।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?