
धनगढी – बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
हालसम्म ३० हजार ९७६ मत गणना हुँदा कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले १७ हजार ४० मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले १३ हजार १५२ मतसहित पाण्डेलाई पछ्याइरहेका छन्।
उनीहरुबीच ३ हजार ८८८ मतको अन्तर छ।
८३ हजार ५६७ मतदाता रहेको बाजुरामा ६० हजार १५२ मत खसेको थियो।
मतगणना अहिले पनि जारी छ।