कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता

कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता
+
-

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ।

राउत निवास गल्फुटारमा दुई नेताबीच आइतबार भेटवार्ता भएको हो। भेटमा उनीहरुले निर्वाचनमा विजयी भएकोमा एकअर्कालाई बधाइ दिएका थिए।

साथै यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्यको विषयमा पनि दुई नेताबीच छलफल भएको छ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि समर्थन जुटाउन उपसभापति खड्काले पछिल्लो समय सक्रियता बढाएका छन्।

उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिसकेका छन्। सोही क्रममा आज खड्काले राउतसँग भेट गरेका हुन्।

राउतले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए। उनी सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?