
काठमाडाैँ- दाेलखामा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन्।
कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३१८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८९ मत पाए।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन्।
दाेलखाकाे नतिजा आएसँगै प्रत्यक्षतर्फ सबै क्षेत्रको मतपरिणाम आएको छ।