‘कांग्रेसको लोकप्रिय मत घट्नु चिन्ताजनक’

‘कांग्रेसको लोकप्रिय मत घट्नु चिन्ताजनक’
+
-

मोरङ – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई अपेक्षाभन्दा कम मत आउनु चिन्ताजनक भएको कांग्रेस नेताहरुले बताएका छन्।

मंगलबार विराटनगरमा कांग्रेस नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचनका क्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले ७ प्रतिशत लोकप्रिय भोट कम हुनु चिन्ताजनक भएको बताएका हुन्।

उनले निर्वाचनमा प्रत्यक्षतर्फ ५७ जित हासिल गर्नु खुशीको कुरा भए पनि समग्रमा कांग्रेसको ७ प्रतिशत लोकप्रिय मत हराउनुले समग्रमा पार्टीमा चिन्ता बढाएको बताएका हुन्।

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले प्रदेश संरचनाको लागि आउँदो पाँच वर्षे कार्यकाल अह्म हुने बताएका थिए। नेता थापाले प्रदेश सभाले पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट नै प्रदेश सरकार नचाहिने फैसला गर्ने बताए।

उनले अबको सरकार गठबन्धनकै बन्नेमा कुनै शंका नरहेको उल्लेख गरे। थापाले भने, ‘हामीले चाहेको सरकार मात्र हो र? गठबन्धन सरकार बन्छ। नेताहरु आफै तमसुक गर्छन्। पछि त्यही कुराले हलचल ल्याउँछ। सरकार त बन्छ, तर संवेदना हुँदैन, उद्देश्य हुँदैन।’

त्यसैगरि, थापाले कांग्रेस संसदीय दलको निर्वाचनमा आफू मैदानमा उत्रिने स्पष्ट पारे। पार्टीभित्र सुधारका एजेण्डा लागु गर्नका लागि डा. कोइरालासँगै रहेको बताएका थापाले कोइरालाकै नेतृत्वमा अघि बढ्ने बताए।

उनले भने, ‘पार्टीको १४ औँ महाधिवेशनमा विचार, सिद्धान्त, शैलीका कारण कोइरालासँग आफू एकैस्थानमा रहेको थियौँ। अहिले पनि छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?