स्वतन्त्र पार्टीले समानुपातिकमा आफूखुसी सांसद बनाउन सक्छ?

स्वतन्त्र पार्टीले समानुपातिकमा आफूखुसी सांसद बनाउन सक्छ?
+
-

काठमाडौँ- समानुपातिकमा दलले प्राप्त गरेको १३ सिटमा आफुखुसी मनोनयन गर्न लागेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले बिहीबार पार्टी कार्यालय घेराउ गरे।

आम कार्यकर्ता र समर्थकले घेरिएका स्वतन्त्र पार्टीका नेताहरु दबाबमा छन्। तर, समानुपातिक निर्वाचन निर्देशिकाले भने दलले यतिबेला तजबिजी आधारमा बन्दसूचीको क्रम मिच्न नपाउने व्यवस्था गरेको छ।

समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरु वाग्लेले पनि बन्द सूचीको क्रम तोड्न नमिल्ने जानकारी दिए।

आयोगले बुधबार दललाई पठाएको पत्रमा पनि बन्दसूचीको क्रम नमिच्न निर्देशन दिएको छ।

आयोगले अपाङ्गता, अल्पसङ्ख्यक समूदाय र पिछडिएको क्षेत्रको सूचीबाहेक अन्यमा क्रम नमिच्न निर्देशन दिएको छ।

आयोगले दललाई पठाएको पत्रमा उल्लेख गरिएको छ, ‘अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक समूदाय वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व गराउँदा बाहेक सम्बन्धित समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको छनौट नगरी तल्लो क्रमको उम्मेदवार छनौट नगर्ने।’

स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सहित २० सिट जितेको छ। ३३ प्रतिशत महिला हुनुपर्ने हुँदा स्वतन्त्र पार्टीबाट कम्तीमा ७ जना महिला निर्वाचित गर्नुपर्छ।

स्वतन्त्र पार्टीमा काठमाडौँ २ बाट सोबिता गौतम र ललितपुर ३ बाट तोसिमा कार्की निर्वाचित भएकाले बाँकी पाँच जना महिला समानुपातिकको सूचीबाट लैजानुपर्ने हुन्छ।

त्यस्तो अवस्थामा खस आर्यबाट चन्दा कार्की र निशा डाँगी, जनजातिको पहिलो नम्बरमा रहेकी इन्दिरा रानामगर, मधेसी सूचीबाट लक्ष्मी तिवारी र दलितबाट कल्पना रोक्का निर्वाचित हुनेछन्। बाँकी ८ सिटमा स्वतन्त्र पार्टीले पुरुष पठाउन सक्छ। बन्दसूचीमा समावेश भएको नामअनुसार खस आर्यबाट डोलप्रसाद अर्याल र गणेश कार्की निर्वाचित हुँदैछ्न्। त्यस्तै जनजातिबाट ढाकाकुमार श्रेष्ठ, मेघबहादुर आले, मधेसीबाट मनीष झा, दलित कोटाबाट सन्तोष परियार र थारुबाट अशोक चौधरीको बलियो सम्भावना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?