मुख्यमन्त्री शाहीको चुनाव खर्च झण्डै १९ लाख

मुख्यमन्त्री शाहीको चुनाव खर्च झण्डै १९ लाख
+
-

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत मंसिर ४ गते भएको चुनावमा झण्डै १९ लाख रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।

हुम्ला प्रदेशसभा ‘ख’ बाट निर्वाचित नेपाली कांग्रेसका नेता शाहीले शुक्रबार निर्वाचन आयोगमा खर्चको विवरण पेश गरेका हुन्। हाल प्रदेश राजधानी सुर्खेतमा रहेका उनले आफ्ना प्रतिनिधिमार्फत सिमकोटस्थित निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाएका हुन्।

उनले चुनावमा १८ लाख ८९ हजार रुपैयाँ खर्च भएको जानकारी गराएका छन्। उनले बुझाएको विवरणमा  प्रतिनिधि व्यवस्थापनमा ५ लाख १० हजार, यातायात खर्च ४ लाख ८० हजार, प्रचार सामाग्रीका लागि ६ लाख ७९ हजार, गोष्ठी अन्तर्क्रियामा १ लाख २० हजार, सम्पर्क कार्यालय सञ्चालनमा ८० हजार र मतदाता नामावली प्रिन्टका लागि २० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?