समानुपातिकतर्फको नाम आयोगमा पठाउने आज अन्तिम दिन, दलहरुलाई सकस

समानुपातिकतर्फको नाम आयोगमा पठाउने आज अन्तिम दिन, दलहरुलाई सकस
+
-

काठमाडौँ– राजनीतिक दलहरुले समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ।

प्राप्त मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले गत बुधबार दलहरूलाई शनिबारसम्मको समय दिएको हो।

दलहरूलाई भने समानुपातिकबाट सांसदको नाम चयन गर्न सकस परेको छ।

प्रत्यक्षबाट चुनाव जितेका महिलाको संख्या न्यून भएपछि समानुपातिकबाट प्रतिनिधिसभामा अधिकांश महिला लैजानुपर्ने भएकाले दलहरू दबाबमा परेका हुन्।

नाम टुंगो लगाउन सबैजसो राजनीतिक दलहरु शनिबार बिहानदेखि नै आन्तरिक छलफलमा जुटेका छन्।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर छलफल गरिरहेको छ। समानुपातिकबाट ३२ सिट पाएको कांग्रेसले २९ जना महिला अनिवार्य पठाउनुपर्ने भएकाले ३ मात्रै पुरुष छान्नुपर्ने छ। तर दलित, मधेशी, आदिवासी, मुस्लिम, खसआर्य र थारु गरी ६ वटा क्लस्टरको एक नम्बरमा केन्द्रीय नेता नै रहेकाले कसलाई प्रतिनिधिसभामा लैजाने भन्ने निर्णय गर्न कांग्रेसलाई सकस भएको छ।

३४ सिट पाएको एमाले पनि समानुपातिकको नाम टुंगो लगाउन सचिवालय बैठकमा व्यस्त छ। एमालेले २२ जना महिला र १२ पुरुष पठाउन सक्ने भए पनि अन्तिम निर्णय गरिसकेको छैन।

नेकपा माओवादी केन्द्रले समानुपातिकमा पाएको १४ उम्मेदवार छनोट गर्न शनिबार पदाधिकारी बैठक बसिरहेको छ।

शुक्रबारको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बसेको हो।

१४ मध्ये १२ महिला प्रतिनिधिसभामा अनिवार्य पठाउनुपर्ने भएपछि दुई पुरुषमा कुन क्लस्टरबाट प्रतिनिधित्व गराउने भन्नेमा माओवादीलाई सकस परेको छ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी र सात सिट पाएको राप्रपाले पनि आज पार्टीको आधिकारिक बैठकबाट निर्वाचित हुनेको नाम टुंगो लगाउँदै छ।

दलहरुले समानुपातिकतर्फको अन्तिम सूची आयोगमा शनिबार ४ बजेसम्म बुझाउनुपर्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?