देउवाले किन पटक–पटक माफी मागे आफ्नै पार्टीकी यी नेत्रीसँग?

देउवाले किन पटक–पटक माफी मागे आफ्नै पार्टीकी यी नेत्रीसँग?
+
-

काठमाडौँ– राजनीतिक दलहरुले शनिबार समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका छन्। सबैजसो दलमा प्रत्यक्ष निर्वाचित महिलाको संख्या कम हुँदा समानुपातिकबाट ३३ प्रतिशत पुर्‍याउनुपर्ने बाध्यकारी अवस्थामा दलहरुले महिला उम्मेदवार चयन गरेका छन्। नेपाली कांग्रेसमा पनि त्यस्तै अवस्था छ।

प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेको छ। ५७ मध्ये एक जना महिला मात्रै प्रत्यक्षमा निर्वाचित भइन्। तसर्थ समानुपातिकतर्फ महिला धेरै समेट्नुपर्ने भएकाले ३२ जनामध्ये तीन जना मात्रै पुरुष छन्। दलले समानुपातिकको सूची आयोगमा बुझाउँदै गर्दा समानुपातिक सांसदको बन्दसूचीमा परेर चयन नभएकाहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

शीर्ष नेता निकट र आर्थिक सहयोग गरेकालाई मात्रै नेतृत्वले समानुपातिक सांसदको सूचीमा समावेश गराएको तथा पार्टीमा लामो समयदेखि योगदान गरेका र क्षमतावानलाई पाखा लगाइएको नेतृ आरती कार्कीले गुनासो पोखिन्। काठमाडौँ क्षेत्र नम्बर ४ बाट समानुपातिक सांसदमा सिफारिसमा परेकी कार्की शनिबार कांग्रेसले आयोगलाई बुझाएको सूचीमा अटाउन सकिनन्।

उनको नाम खस आर्य महिला कोटामा समावेश थियो। त्यसो त कार्की समानुपातिकको बन्द सूचीमा परेर अस्विकृत भएको यो पहिलो घटना भने होइन। यसअघि ७० र ०७४को निर्वाचनमा पनि समानुपातिक सांसदको सुचीमा परेर अन्तिम समयमा उनको नाम काटिएको थियो।

यसअघिका निर्वाचनमा समानुपातिक कोटा प्रणालीमा दुई पटक नाम हटाइसकेपछि यस पटक सांसद बन्ने आस किन गर्नुभएको थियो, भन्ने देश सञ्चारको प्रश्नमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएका कारण दुई पटक असफल भएपनि यसपटक सांसद बन्छुकी भन्ने लागेको थियो, तर अन्तिम समयमा आएर देउवाले माफी मागेर नाम अटाउन नसक्ने बताएको कार्कीको भनाइ छ।

सभापति देउवाले नेत्री कार्कीलाई ०७० र ०७४ को निर्वाचनमा पनि समानुपातिक कोटाबाट सांसद बनाईदिने आस देखाएर माफी मागेका थिए। कार्कीले भनिन्– ‘समानुपातिक कोटाबाट अधिकांस महिला जान्छन्। शीर्ष नेता निकट र आर्थिक सहयोग गर्नेलाई पहिलो प्राथमिकतामा राखिदो रहेछ।’

देउवापत्नी एवं कांग्रेस नेतृ आरजु राणा,गृहमन्त्री बालकृष्ण खाँण पत्नी मन्जु खाँण, नेत्री अम्बिका बस्नेत लगायतको नाम लिएर नेत्री कार्कीले भनिन्– ‘उहाँहरु लगायत केही नेत्रीले पार्टीमा पटक पटक अवसर पाउनुभएको देखिन्छ तर पढेलेखेका क्षमतावान र पार्टीलाई सहयोग गरेका महिलालाई पाखा लगाइएको छ। यस कारण नेतृत्वले ठूलो क्षति बेहोर्नुपर्नेछ।’

राजनीतिक पारिवारिक पृष्ठभूमि भएकी कार्कीले पिएचडीसम्मको अध्ययन गरेकी छन् पाल्पाबाट एसएलसी दिएकी उनले आइएसी अमृत साइन्स क्याम्पस, विएसी त्रिचन्द्र क्याम्पस, र एमएसी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट पूरा गरेर पिएचडी पढ्न उनी भारतको राजस्थान युनिभर्सीटी पुगेकी हुन्।

मेडिकल कलेजको शिक्षण अस्पतालमा प्राध्यापन गर्दै आएकी उनले झण्डै एक दशकअघि श्रीमान्को निधन भएपछि सक्रिय राजनीतिमा फर्किएकी हुन्। क्याम्पस पढ्दा नेविसंघको राजनीति गरेकी उनले त्यसलाई रोकेर अध्यायपन पेशा अंगालेकी हुन्। तर उक्त पेसामा भन्दा समाज सेवामा सन्तुष्टी मिल्ने भएपछि र श्रीमान्को मृत्युपछि राजनीतिमा खोजी हुन थालेपछि उनी राजनीतिमा आएकी हुन्।

आफूलाई अब्बल र क्षमतावान दाबी गर्ने उनले पार्टीले पाखा लगाउँदै जाँदा भने निरास छिन्। काठमाडौँ क्षेत्र नम्बर ४ मा प्रत्यक्ष चुनाव लड्न इच्छा भए पनि पार्टीका महामन्त्री गगन थापा उठ्ने भएपछि आफू पछि हटेको कार्कीले बताईन्।

उनले भनिन्,‘केन्द्रको प्रत्यक्षमा गगनजीलाई समर्थन गरेको थिए। स्थानीय नेता कार्यकर्ता साथीहरुले प्रदेशमा झर्न भन्दा संघमा जान सुझाव दिनुभयो, त्यसैले प्रदेशमा लडिन, संघको समानुपातिकमा सुनिश्चत जस्तो लागेको थियो तर भएन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?