
काठमाडौँ – झिनो मतान्तरले धनुषा ४ बाट चुनाव हारेका कांग्रेसका महेन्द्र यादवले पुनःमतणनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका छन्।
मंसिर ४ गते भएको चुनावमा उनी एमालेका रघुवीर महासेठसँग जम्मा १२४ मतले पराजित भएका थिए। महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत पाएका थिए।
संवैधानिक इजलासले हेर्ने मुद्दामा यादवले निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय र निर्वाचित महासेठलाई विपक्षी बनाएका छन्।