
काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकसहित सम्पूर्ण निर्वाचन परिणाम घोषणा गरेको छ।
बुधबार आयोगले परिणाम घोषणा गर्दै बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिवेदन बुझाएसँगै २०७९ सालको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ।
प्रत्यक्षतर्फको मतपरिणाम यसअघि नै सार्वजनिक भए पनि आयोगले बुधबार सनुपातिकतर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका ११० र प्रदेशसभामा निर्वाचित २२० जनाको नाम सार्वजनिक गरेको छ।