खोसियाे साेविता गौतमको कान्छी सांसदको ताज

खोसियाे साेविता गौतमको कान्छी सांसदको ताज
+
-

काठमाडौँ– प्रतिनिधिसभाको २ सय ७५ जना सांसदमध्ये सबैभन्दा कान्छी सांसदको ‘ताज’ राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले पाएकी छिन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट डाँगी सबैभन्दा कम उमेरकी सांसद बनेकी हुन्। उनको उमेर २५ वर्ष मात्रै छ।

प्रतिनिधिसभाको सदस्य बन्नका लागि न्यूनतम २५ वर्ष पूरा हुनुपर्ने संवैधानिक व्यवस्था छ। उनले आवश्यक न्यूनतम उमेर मात्रै पूरा गरेकी छिन्।

आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको १ सय १० जना सांसदको विवरण बुधबार सार्वजनिक गरेको छ। उनको स्थायी घर झापाको भद्रपुर–१ हो।

यसअघि प्रत्यक्षतर्फका १ सय ६५ जना निर्वाचित सांसदमध्ये स्वतन्त्र पार्टीकै सोविता गौतम थिइन्। उनको उमेर २७ वर्ष मात्रै छ। दोलखाकी गौतम काठमाडौँ २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन्।

त्यस्तै दोस्रो कम उमेरकी सांसदका रुपमा स्वतन्त्र पार्टीकै बिनिता कठायत आएकी छिन्। समानुपातिकबाट निर्वाचित भएकी उनी २६ वर्षकी मात्रै हुन्। उनको स्थायी ठेगाना चन्दननाथ नगरपालिका–५ जुम्ला हो।

त्यस्तै जनमत पार्टीबाट २८ वर्षे विनिताकुमारी सिंह निर्वाचित भएकी छिन्। उनको स्थायी घर औरही गाउँपालिका ४ सिरहा हो।

राप्रपाबाट २८ वर्षे अनिशा नेपाली पनि कम उमेरमै सांसद बनेकी छिन्। दार्मा गाउँपालिका ४ सल्यानकी अनिशा राप्रपाको दलित कोटाबाट प्रतिनिधिसभाको सदस्य भएकी हुन्।

कांग्रेसबाट निर्वाचित २९ वर्षे योगेश गौचन थकाली अर्का कम उमेरका सांसद हुन्। उनी मुस्ताङबाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन्। माओवादीको समानुपातिक तर्फबाट निर्वाचित छिरिङ लामु तामाङ पनि कम उमेरकी सांसद भएकी छिन्।

उनको उमेर ३० वर्ष मात्रै छ। प्रतिनिधिसभामा ३० वर्षभन्दा कम उमेरका सांसदको संख्या ७ हुने भएको छ जसमा ५ जना समानुपातिकबाट आएका हुन् भने दुई जना प्रत्यक्ष निर्वाचनबाट।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?