जलन उपचारको लागि अस्पताल बनाउन चन्द्र भण्डारीको सुझाव

जलन उपचारको लागि अस्पताल बनाउन चन्द्र भण्डारीको सुझाव
+
-

काठमाडौँ – कांग्रेस सांसद चन्द्र भण्डारीले नेपालमा जलनको उपचारका लागि अस्पताल बनाउन सुझाव दिएका छन्।

बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भण्डारीले नेपालमा संभावना राम्रो भएकाले जलन केन्द्र स्थापना गर्न सुझाव दिएका हुन्।

गत फागुन ३ गते आफ्नै घरमा ग्यास लिक भएर जलनमा परेका भण्डारी भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि गत वैशाख १७ गते नेपाल फर्किएका थिए।

त्यहीँ घटनामा आमा गुमाएका भण्डारीले नेपालका गाउँ गाउँसम्म ग्यास पुगे पनि त्यसको सुरक्षित तरिकाले प्रयोग गर्ने तरिका पाठ्क्रममै राख्न सुझाव दिए।

उनले संसदमा भने, ‘यो वर्ष मेरी आमासमेत गरी जलनबाट १११ जनाको मृत्यु भयो। ग्यास गाउँ गाउँ पुग्यो। तर यसलाई प्रयोग गर्नेबारे सिकाएका छैनाँै। हाम्रो पाठ्यक्रममा यस्ता विषयलाई राखौँ।’

भण्डारीले नेपालमा क्षमतावान डाक्टर हुँदाहुँदै पनि त्यसको सही सदुपयोग हुन नसकेको गुनासो गरे।

उनले जलनपछि आफ्नो उपचारको अनुभव सुनाउँदै भने, ‘म गएको अस्पताल बाउ छोराले चलाएको रहेछ। दुई जनाले त्यस्तो अस्पताल चलाउन सक्छन् भने हामीले किन सक्दैनौँ? नेपालमा फिजियो थेरोपेष्ट विश्वकै उत्कृष्ट डाक्टर छन्। नेपालमा जलनका लागि छुट्टै अस्पताल बनाऔँ। सुष्मा कोइराल र र्कीतिपुरको अस्पतालले पुगेन।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष