
फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरूलाई प्रतिबन्ध लगाइने भएको छ।
शुक्रबारबाट सहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरू चलाउन नपाइने भएको हो।
यस वर्षको अप्रिल २ मा १ लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रिक स्कुटर, अपरेटर र पेरिस सहरको बीचमा भएको सम्झौताको बिरुद्धमा मतदान गरे।
इलेक्ट्रिक स्कुटर सार्वजनिक रूपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा सुरु गरिएको थियो।
एक पेरिस निवासीले विद्युतीय सार्वजनिक स्कुटर हटाउनु राम्रो नभएको बताए। मेट्रो र आफैं निजी सवारी चलाउन नसक्नेहरूका लागि सार्वजनिक विद्युतीय स्कुटर राम्रो भएको बताए।
आफूले बुझ्न नसकेको बताउनु भयो । ई.स्कुटर प्रतिवन्ध लगाउनु राम्रो विचार नभएको बताए।
अर्का एक वासिन्दाले भने ई. स्कुटरले धेरै दुर्घटना निम्त्याएकाले प्रतिवन्ध लगाउनु राम्रो भएको बताए।