
काठमाडौँ – काठमाडाैँकाे भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएकाे ‘नाडा अटो शो २०२४’मा शुक्रबार सवारी साधन हेर्न जानेहरुको भिड छ।
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयाेजना गरेकाे शाे १६ गतेसम्म चल्ने छ।
यस वर्षको प्रदर्शनीमा २४ चार-पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारीसाधन प्रदर्शनीमा राखिएकाे छ। उक्त शोमा नयाँ गाडी मात्रै होइन, गाडी किन्नका लागि कर्जा दिन ८ बैंक तथा वित्तीय संस्थाले पनि स्टल राखेका छन्।
३३ कम्पनीहरू लुब्रिकेन्ट, टायर, व्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा सहभागी छन्। सबै आयाेजकका अनुसार सबै गरी १३० स्टलहरू रहेका छन्।
नाडा अटो शोमा स्टल राखेको कृषि विकास बैंकले ब्याजदर प्रिमियममा ८२ प्रतिशतसम्म र सेवा शुल्कमा ३३ प्रतिशतसम्मकाे छुट योजना ल्याएको छ।
बैंकले आधार दरमा २ प्रतिशतको फ्लोटिङ ब्याजदरको कर्जा योजना भए पनि नाडा अटो शोमा प्रिमियममा ८२ प्रतिशतसम्मकाे छुटसहित ७.९९ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको छ।
यस्तै ७ वर्षका लागि ८.९९ प्रतिशत स्थिर ब्याजरमा बैंकले कर्जा दिने छ। बैंकले सेवा शुल्क ०.७५ प्रतिशत भए पनि नाडा अटो शोका लागि ३३ प्रतिशत छुटसहित ०.५ प्रतिशत मात्रै सेवा शुल्कमा कर्जा दिने योजना ल्याएको बैंकले जनाएको छ।
बैकका अनुसार शोमा स्टल राखेका अन्य बैंक तथा वित्तिय संस्थाभन्दा कृषि विकास बैंकले दिने ब्याजदर सबैभन्दा सस्तो रहेकाे छ।
शो मा टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाका २ इभी राखेको छ।
सिप्रदी ट्रेडिङले मंगलबार नै नाडाको अवसर पारेर टाटा पन्च इभी सार्वजनिक गरेको हो। शोमा टाटाका टाटा पन्च इभी र टियागो इभी रहेका छन्।
टियागो भने सिप्रदी ट्रेडिङले अघिल्लो वर्षको नाडा अटो शोमा सार्वजनिक गरेको हो। कम्पनीले शोको अवसरका लागि मात्रै पन्चको मूल्य ३४ लाखदेखि ३९ लाख सम्म तोेकेको छ।
सिप्रदी ट्रेडिङ इभी गाडीका डेपुटी प्रोडक्ट म्यानेजर सुजन कार्कीका अनुसार पन्च विशेषगरी अफ रोडका लागि उपयुक्त छ।
एसयुभी प्लेटर्फमा निर्माण भएको पन्चको डिजिटल डिजाइनमा बनेको हो। यसमा डायमण्ड कट यलोइ व्हील रहेको छ। यसको ग्राउन्ड क्लिरियन्स १९० एमएमको छ भने साइड लाइटमा ३६० डिग्रीको क्यामेरा रहेको छ।
त्यसैगरी टियागोको मूल्य २८ लाख देखि ३० लाख सम्म रहेको छ। यसमा १६ इन्चको डायमंड कट यलोइ व्हील रहेको छ। जसले गर्दा डिजाइनमा राम्रो हुने र भयो स्टील व्हील भन्दा डायमंड कट यलोइ व्हील बलियो हुन्छ।
शोमा गाडी हेर्न आउने ग्राहकले राम्रो प्रतिक्रिया दिने गरेको र बुक गर्ने क्रम बढिरहेको कार्कीले बताए।
त्यसैगरि शोमा शारदा ग्रुपले जीकर एक्सका २ इभी सार्वजनिक गरेकाे छ।
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको शो भदाै १६ गते ५ दिनसम्म चल्ने छ। यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन प्रदर्शनीमा राखिएको छ।
जसअन्तर्गत शारदा ग्रुपले यस शोमा निसान, ओमेडा र जीकर एक्स गरी ३ ब्रान्डाका इभी गाडी राखेको छ।
जीकर ब्रान्डअन्तर्गत जीकर एक्स रहेको छ। प्रदर्शनीमा राखिएको जीकर एक्सको एक मोडल भए पनि रियर व्हील ड्राइभ र अल व्हील ड्राइभ गरी दुई इभी गाडीहरु रहेका छन्।
रियर व्हील ड्राइभको मोटो पावर २०० किलोवाट छ भने अल व्हील ड्राइभको मोटो पावर ३१५ किलोवाट रहेको छ। तर यी दुबै इभी ले ४४० नै रेन्ज दिने प्रदर्शनीस्थलमा रहेकी एक सेल्स अफिसरले जानकारी दिइन्।
उनका अनुसार रियर व्हील ड्राइभको मूल्य ८९ लाखदेखि सुरु भई ९९ लाख सम्म रहेको छ भने अल व्हील ड्राइभको १ करोड ५० लाख देखि करिब २ करोड सम्म रहेको छ।
तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार