अधिकारकर्मीको प्रश्न, निर्मला हत्या प्रकरणमा राष्ट्रपति भण्डारी किन चुप?

अधिकारकर्मीको प्रश्न, निर्मला हत्या प्रकरणमा राष्ट्रपति भण्डारी किन चुप?
+
-

काठमाडौँ- महिला अधिकारकर्मीहरुले निर्मला हत्या प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारी अहिलेसम्म चुप लागेर बसेकोमा आपत्ति प्रकट गरेका छन्। बिहिबार रिपोर्टर्स क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले बलात्कारपछि हत्याको घटनामा सिंगो देश दुखेकोबेला महिला भएरपनि अहिलेसम्म राष्ट्रपतिको मौनता ठीक नभएको बताए ।

अधिकारकर्मी शारदा चन्दले प्रश्न गरिन्, ‘सरकारका निकाय अपराधी जोगाउने प्रयासमा लागेका छन्, बलात्कारपछि हत्या भएको घटनाको सफल अनुसन्धानको माग गरेर सिंगो मुलुक आन्दोलनमा छ, प्रधानमन्त्रीले झुटो अभिव्यक्ति दिइरहेका छन्, यो बेला राष्ट्रपतिको मौनता किन ? कारण के हो ?’

निर्मलाको न्यायका लागि काठमाडौँ आएकी कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्द। तस्बिर : बर्षा शाह /देश सञ्चार

उनले बाहिर सुन्नमा आएजस्तै बलात्कारपछिको हत्यारो साँच्चिकै शक्तिशाली त होइन भनेर प्रश्न गरिन् र भनिन्, ‘को हो त्यो शक्तिशाली बलात्कारी जसले सिंगो सरकारलाई धर्मराइरहेको छ? के त्यसलाई कारबाही गर्दा सरकार गुल्टिन्छ? कि पार्टी सखाप हुन्छ? यदि त्यो हो भने राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीहरुले हामीलाई भनिदिनुपर्‍यो, हामी कारबाही गर्न सक्दैनौँ, तपाईँहरु जिल्ला जानुस् भनेर होइन भने बलात्कारी र हत्यारा पक्रन किन ढिलाइ?’

कञ्चनपुरबाटै आएकी अर्की अधिकारकर्मी माया नेगीले भनिन्, ‘एउटा व्यक्ति बचाउन सिंगो सरकार लाग्ने? किन प्रमाण नष्ट गर्ने प्रहरीलाई अहिलेसम्म नपक्रेको?’ उनले प्रधानमन्त्रीले निर्मला हत्यापछिको आन्दोलनको घटनामा प्रधानमन्त्रीले मेयरको घरको आँगनमा निर्मलाको शव राखेर झुटो बोलेको बताइन्।

‘किन प्रधानमन्त्रीले जनतासँग झुटो बोले? हामीले निर्मलाको घरमा त उनको शव लग्न पाएनौँ अनि मेयरको घरमा लग्यो भनेर प्रधानमन्त्रीले झुटो बोल्ने?’ किन कञ्चनपुरका जनतामाथि प्रधानमन्त्री अनुदार भन्दै उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यू हामी तपाईका जनता हाैँ कि मोदीका हामीलाई अमानवीय व्यवहार किन?’

यो पनि पढ्नुहोस्

रिपोर्टर्स क्लबमा डाको छोडेर रोए निर्मलाका बुवा यज्ञराज

रिपोर्टर्स क्लबमा डाको छोडेर रोए निर्मलाका बुवा यज्ञराज

अनुसन्धानमा खटिनु कहाँकहाँ, निर्मलाका बुबाआमाको चियो गर्दैछन् प्रहरी

अनुसन्धानमा खटिनु कहाँकहाँ, निर्मलाका बुबाआमाको चियो गर्दैछन् प्रहरी

निर्मलाकी आमाले राष्ट्रपतिलाई भनिन् ‘आफ्नै छोरी सम्झेर न्याय दिलाउनुस् ‘

निर्मलाकी आमाले राष्ट्रपतिलाई भनिन् ‘आफ्नै छोरी सम्झेर न्याय दिलाउनुस् ‘

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?