फेसबुकबाट साथी बनेर बिहे, २१ लाख ठगी

+
-

काठमाडौँ – सामाजिक सञ्जालबाट साथी बन्दै पछि विवाह बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकका ३३ वर्षीय तुलबहादुर तामाङलाई पक्राउ गरेको छ।

तामाङमाथि धेरै महिलाले ठगीको आरोप लगाएका छन्। तामाङले पछिल्लोपटक संखुवासभाकी मनकला गुरुङसँग फेसबुकबाट साथी बनेको र विवाह गरेको तर गुरुङका आफन्तलाई अमेरिकी आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख रुपैयाँ लिएर फरार भएको महाशाखाले जनाएको छ।

गुरुङका आफन्तसँग पैसा लिएपछि तामाङ श्रीमतीबाट समेत सम्पर्कविहीन भएका थिए। गुरुङको यो पहिलो धन्दा भने होइन। यसअघि पनि उनी यसरी नै ठगी गरेको आरोपमा पक्राउ परी धरौटीमा छुटेका थिए। लेबनानमा रोजगारीमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोंगसँग फेसबुकबाट साथी बनेर पछि प्रेमको नाटक गरेका थिए।

सिर्जना नेपाल आएको समयमा डिभीमा अमेरिका लैजाने भन्दै तामाङले उनीसँग नौ लाख रुपैयाँ लिएर बेपत्ता भएका थिए। सिर्जनामात्र होइन, बाँकी दुई जनालाई फसाउन तामाङले सिर्जनालाई नै प्रयोग गरेका थिए। क्यानडा पठाइदिने भन्दै तामाङले सिर्जनासँग खोजेका दुईजना मानिससँग नौ लाख रुपैयाँ लिएर बेपत्ता भएका थिए।

तामाङले साइप्रसमा वैदेशिक रोजगारीमा रहेकी कुसुम लामालाई नेपाल बोलाएर नौ लाख रुपैयाँ ठगेका थिए। क्यानडामा आफ्नी आमा डाक्टर रहेको देखाएर तामाङले क्यानडा लैजान्छु भन्दै कुसुमलाई नेपाल बोलाएका थिए। तामाङ र कुसुमबीच पनि फेसबुकबाटै चिनजान भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?