सिरिया युद्ध

पूर्वी गुटाबाट बाहिरिँदै बिद्रोही, ७० प्रतिशत क्षेत्रमा सरकारी सेनाको नियन्त्रण

पूर्वी गुटाबाट बाहिरिँदै बिद्रोही, ७० प्रतिशत क्षेत्रमा सरकारी सेनाको नियन्त्रण
+
-

सिरिया सरकार बिद्रोही विरुद्धको कारवाही अभियान अन्तर्गत पूर्वी गुटामा सफलता नजिक पुगेको छ ।

सर्वसाधारण नागरिक निशाना बनेको भए पनि सरकारी सेनाले एक महिना भन्दा लामो समयदेखि पूर्वी गुटामा सुरु गरेको सैन्य कारवाही अभियानको क्रममा ७० प्रतिशत भन्दा बढी पूर्वी गुटाको भूभागमा सरकारी सेनाले आफ्नो नियन्त्रण कायम गर्न सफल भएको छ ।

सरकारी सेनाले कारवाही अभियानलाई थप कडा पारिरहेका बेला पूर्वी गुटामा रहेका बिद्रोही समूह त्यहाँबाट भाग्न थालेका छन् । पछिल्लो पटक डुमा शहरबाट स्थानीय बिद्रोही समूह फायलक् अल रहमानका कार्यकर्ता त्यहाँबाट पलायन भएका छन् ।

शनिबार डुमाबाट बिद्रोही समूहका कार्यकर्ता, उनीहरुका परिवार तथा आफन्त त्यहाँबाट भागेको बिबिसीले जनाएको छ । सरकारी सेनासँगको सहमति अनुसार नै रहमानका कार्यकर्ता तथा परिवारका सदस्य डुमा छोडर बाहिर निस्किएका हुन् ।

एन्टोनियो गुटरेट्सले

सिरिया सरकारले गुटामा भइरहेको आक्रमण बिद्रोही लक्षित रहेको दाबी गरेको छ । तर मर्कामा सर्वसाधारण नागरिक परेका छन् ।

एक महिना भन्दा लामो समयदेखि चलिरहेको सरकारी सेनाको कारवाही अभियान अन्तर्गत रुसी सेनाको साथ पाएको सिरियाली सेनाले पछिल्ला केही हप्तादेखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटालाई तीन भागमा विभाजन गरेको थियो । यसले गर्दा बिद्रोही त्यहाँबाट भाग्ने विकल्प रोज्न बाध्य भएका हुन् ।

श्निबार डुमाको जामाल्का, अर्बिन र एइन तार्माबाट बिद्रोहीका परिवार बसमा चढेर बाहिर निस्किएका छन् । केही अझै जान बाँकी नै छ, किनकी बस ढिला गरी आएका थिए ।

स्थानीय बिद्रोही समूह र सरकारी सेनाबिच भएको सहमति अनुसार आइतबार थप मानिस त्यहाँबाट बाहिर जाने छन् । उनीहरु सरकारको नियन्त्रण रहेको नभई विपक्षीको प्रभाव रहेको इडलिब प्रान्तमा जान पाउने सहमति भएको छ ।

सरकारी सेनाले डुमामा रहेका अरु स्थानीय बिद्रोही समूहसँग पनि वार्ताको प्रयास गरिरहेको छ ।

पूर्वी गुटामा खाद्यान्नसहितका अत्यावश्यक सामग्रीको अभाव छ ।

सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा सरकारी सेनाले आफ्नो नियन्त्रण कायम गर्ने प्रयासको निशानामा सर्वसाधारण नागरिक परेका छन् । अहिलेसम्म एक हजार भन्दा धेरैको ज्यान गएको छ ।

यसमा धेरै बालबालिका पनि परेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विरोध भए पनि त्यहाँको मानवीय अवस्था सुधारका लागि वा सर्वसाधारण नागरिकको हितका लागि सरकारी सेनाको वा बिद्रोहीको पनि चासो जाने सेकेको छैन ।

अब त झन सरकारी सेना जितको नजिक लाग्दै गए जस्तो भएको छ । यस्तोमा नागरिकको सुरक्षामा थप चुनौति देखिएको भन्दै सरोकारवालाले चिन्ता जताएका छन् ।

सम्बन्धित समाचार 

पूर्वी गुटामा बम वर्षा रोकिएन, भाग्न थाले सर्वसाधारण

पूर्वी गुटामा दुई हप्तामा १० प्रतिशत क्षेत्र सरकारी सेनाको नियन्त्रणमा

फेरिएन पूर्वी गुटाको अवस्था

यो पनि पढ्नुहोस्

पूर्वी गुटा तीन भागमा बाँडियो, सरकारी सेनालाई महत्वपूर्ण सफलता

पूर्वी गुटा तीन भागमा बाँडियो, सरकारी सेनालाई महत्वपूर्ण सफलता

पृथ्वीको नर्क बन्दै पूर्वी गुटा

पृथ्वीको नर्क बन्दै पूर्वी गुटा

फेरिएन पूर्वी गुटाको अवस्था

फेरिएन पूर्वी गुटाको अवस्था

निर्दयी आक्रमणको पराकाष्ठा, खरानीबाट उठ्ने आश

निर्दयी आक्रमणको पराकाष्ठा, खरानीबाट उठ्ने आश

पूर्वी गुटामा बम वर्षा रोकिएन, भाग्न थाले सर्वसाधारण

पूर्वी गुटामा बम वर्षा रोकिएन, भाग्न थाले सर्वसाधारण

‘हामीले मृत्यु सजिलो बनाउने मात्रै हो’

‘हामीले मृत्यु सजिलो बनाउने मात्रै हो’

झन झन भयानक बन्दै सिरियाली जीवन

झन झन भयानक बन्दै सिरियाली जीवन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?