क्यान्सरसँग लड्ने हतियार छोराको अभिभावकत्व

क्यान्सरसँग लडिँरहेकी सोनाली बेन्द्रेले छोरालाई भेटेपछि लेखिन्, ‘भावुक सन्देश’

क्यान्सरसँग लडिँरहेकी सोनाली बेन्द्रेले छोरालाई भेटेपछि लेखिन्, ‘भावुक सन्देश’
+
-

सोनाली बेन्द्रे र उनका श्रीमान् गोल्डी बहल आफ्नो छोरा रणवीर बहलसँगै न्यूयोर्कमा छन्, त्यहाँ सोनालीको क्यान्सरको उपचार भइरहेको छ। सोनाली बेन्द्रेले छोरा रणवीरसँगको फोटो सार्वजनिक गरेकी छिन्।

उनले फोटोसँग एक भावुक सन्देश पनि लेखेकी छन् की उनले आफ्नो रोगको बारेमा छोरालाई कसरी बताइन्। अहिले रणवीरको गर्मी बिदाको समय छ। उनी सोनाली र गोल्डी बहलसँगै यूयोर्कमा नै छन्।

सोनालीका छोरा रणवीर १२ वर्षका छन्। आमाको रोगको बारेमा थाहा पाएपछि उनले कस्तो प्रतिक्रिया जनाए, यो कुरा सोनालीले आफ्नो पोस्टमा लेखेकी छन्।

यो हो सोनालीको सन्देश

‘आज भन्दा १२ वर्ष, ११ महिना र ८ दिन अगाडि उ जन्मिएको थियो। त्यहि बेला देखिनै उसले मेरो मनमा शासन गरेर बसेको छ। त्यहि बेलादेखि नै मैले र गोल्डीले उसको खुसीलाई ध्यानमा राखेर सक्नेजति सबैथोक गरेका छौँ। जब मलाई क्यान्सर भयो तब हामीलाई सबैभन्दा ठूलो दुविधा यो थियो की हामी उसलाई कहिले र कसरी यो कुरा भन्ने?

हामीलाई थाहा थियो की उसलाई सबै कुरा पूर्ण रुपमा बुझाउन असाध्यै जरुरी छ। त्यति नै धेरै महत्वका साथ हामी उसलाई सुरक्षित राख्न चाहन्थ्यौ। हामी सधैँ उसँग इमानदार छौँ, यो पटक पनि अरु बेला भन्दा फरक छैन। उसले यो खबरलाई एकदमै परिपक्क रुपमा लियो।

यहि बेलादेखि उ मेरो लागि सकारात्मक सोच र शक्तिको स्रोत बन्यो। कहिले काँहि हाम्रो भूमिका बदलिन्छ। उ मलाई अभिभावक जसरी ती चिजहरुको स्मरण गराउछ, जसलाई मैले अनिवार्य गर्नैै पर्ने हुन्छ।

मलाई लाग्छ बालबालिकालाई पनि यस्तो अवस्थामा सामिल गराउन जरुरी छ। उनीहरु हामीले सोचेको भन्दा धेरै परिपक्क हुन्छन्। यो महत्वपूर्ण छ, हामी यस्तो अवस्थामा झुट बोलेर उनीहरुभन्दा टाढा बन्नुभन्दा उनीहरुसँग समय बिताउनुपर्छ। दुखाई, पीडा र जीवनको यथार्थबाट उनीहरुलाई पर राखेर सुरक्षा दिने प्रयास भन्दा हामी उनीहरुलाई सँगै राख्न सक्छौ।

अहिले रणवीरको गर्मी बिदा चलिरहेको छ। म उ सँगै समय बिताइरहेकी छुँ। उसको बदमासीले मलाई उज्यालो किरणतर्फ लैजान्छ। र हामी आज एक अर्काको शक्ति बनिरहेका छौँ।’

केहि समयअगाडि बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई हाई ग्रेडको क्यान्सर भएका खबर सार्वजनिक भएको थियो। क्यान्सर चौथो चरणमा पुगेको अवस्थामा पुगेको उनले बताएकी थिइन्।

यो पनि पढ्नुहोस्

सोनाली बेन्द्रे भन्छिन्,’स्वस्थ हुन हाइ ग्रेड क्यान्सरसँग लडिरहेकी छु’

सोनाली बेन्द्रे भन्छिन्,’स्वस्थ हुन हाइ ग्रेड क्यान्सरसँग लडिरहेकी छु’

सोनाली बेन्द्रेलाई भएको ‘हाइ ग्रेड क्यान्सर’ के हो?

सोनाली बेन्द्रेलाई भएको ‘हाइ ग्रेड क्यान्सर’ के हो?

बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

‘हाइग्रेड क्‍यान्सर’सँग लड्‍न शुभेच्छा दिने शुभचिन्तकलाई बेन्द्रेको धन्यवाद !

‘हाइग्रेड क्‍यान्सर’सँग लड्‍न शुभेच्छा दिने शुभचिन्तकलाई बेन्द्रेको धन्यवाद !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?