मोरङका ६ निर्वाचन क्षेत्रमा यस्तो छ मतदाता र उम्मेदवारको अवस्था

मोरङका ६ निर्वाचन क्षेत्रमा यस्तो छ मतदाता र उम्मेदवारको अवस्था
+
-

विराटनगर – आउँदो मंसिर ४ मा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । मोरङका ६ निर्वाचन क्षेत्रमा सात लाख ३५ हजार ५२५ मतदाताबाट चुनिनका लागि विभिन्न दलका उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

प्रदेश निर्वाचन कार्यालय प्रदेश १ विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार मोरङको क्षेत्र नम्बर ३ मा सर्वाधिक मतदाता रहेका छन् । ५५ वटा मतदानस्थल र १ सय ६७ वटा मतदानकेन्द्र रहेको क्षेत्रमा कुल मतदाता संख्या १ लाख ४९ हजार ८ सय ३३ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

सो क्षेत्रमा नेपाली कांग्रेसबाट सुनिल शर्मा, एमालेबाट भानुभक्त ढकाल, राप्रपाबाट रेखा थापाको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा कानेपोखरी गाँउपालिका, पथरीशनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिकाका वडाहरु पर्छन् ।

मतदाता संख्याका आधारमा मोरङको दोस्रो ठूलो क्षेत्र रहेको क्षेत्र नम्बर ६ मा कुल १ लाख २६ हजार ७ सय ६१ मतदाता रहेका छन् । ३९ वटा मतदानस्थल र १ सय ४१ वटा मतदान केन्द्र रहेको यस क्षेत्रको प्रदेश १ तर्फ ७८ हजार ९ सय ६४ र प्रदेश २ तर्फ ४७ हजार ७ सय ९७ मतदाता रहेका छन् ।

प्रतिनीधिसभातर्फ कांग्रेसका नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच मोरङको क्षेत्र नम्बर ६ मा पुनःप्रतिस्पर्धा हुनेछ । त्यसैगरी, दलीय गठबन्धनसँगै ६ मा कांग्रेसतर्फ प्रदेशका मन्त्री केदार कार्की र माओवादीका युवा नेता जीवन आचार्य रहने छन् । यस क्षेत्रमा एमालेबाट रीता न्यौपाने र जसपाले राजेन्द्र गुप्तालाई टिकट दिएको छ । यस क्षेत्रमा बुढीगंगा गाँउपालिका, विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिकाका विभिन्न वडा पर्दछ ।

त्यसैगरी, क्षेत्र नम्बर २ को प्रदेश १ तर्फ ६१ हजार ५८ र प्रदेश २ तर्फ ६३ हजार ६ सय ७१ मतसहित कुल १ लाख २४ हजार ७ सय २९ मतदाता रहेका छन् । २०७४ सालको निर्वाचनमा कांग्रेसका डा। मीनेन्द्र रिजालले जित हातपारेको क्षेत्रमा यसपटक कांग्रेसबाट सुजाता कोइराला, एमालेबाट ऋषिकेश पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर २ मा ६८ वटा मतदानस्थल र १ सय ५१ वटा मतदान केन्द्र रहेको छ । यस क्षेत्रमा रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाँउपालिका, पथरीशनिश्चरे नगरपालिका, रंगेली नगरपालिकाका वडा कार्यालय पर्दछन् ।

मोरङको उत्तरीपूर्व भेगमा पर्ने क्षेत्र नम्बर १ कुल १ लाख २३ हजार ६ सय १५ मतदाता रहेका छन् । यसको प्रदेश १ तर्फ ६४ हजार ४ सय ८२ र प्रदेश २ तर्फ ५९ हजार १ सय ३३ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ६० वटा मतदानस्थल र १ सय ४३ वटा मतदान केन्द्र रहेको छ ।

सो क्षेत्रमा कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, एमालेबाट घनश्याम खतिवडाबीच स्पर्धा हुनेछ । यस क्षेत्रमा उर्लाबारी नगरपालिका, मिक्लाजुंग गाँउपालिका, केरावारी गाँउपालिका, र लेटांग नगरपालिका रहेकाछन् ।

मोरङ क्षेत्र नम्बर ४ मा कुल मतदाता संख्या १ लाख १० हजार ९३ मतदाता रहेकाछन् । २८ वटा मतदानस्थल र ६७ वटा मतदान केन्द्र रहेको सो क्षेत्रको प्रदेश १ तर्फ ५७ हजार ३ सय ९०, प्रदेश २ तर्फ ५२ हजार ७ सय ३ मतदाता रहेका छन् ।

यस क्षेत्रमा नेकपा माओवादीका अमनलाल मोदी, नेकपा एमालेबाट विनोद ढकाल प्रतिनिधीसभातर्फ प्रतिस्पर्धामा र प्रदेश सभामा कांग्रेसका गुरुराज घिमिरे, भीम पराजुली उम्मेदवार रहेका छन् । मोरङ क्षेत्र नम्बर ४ मा कटहरी गाँउपालिका, ग्रामथान गाँउपालिका, बेलबारी नगरपालिका, विराटनगर महानगरपालिकाका वडाहरु रहेकाछन् ।

त्यसैगरी, मतदाता संख्यामा मोङगको सबैभन्दा सानो भूगोल क्षेत्र नम्बर ५ हो । भारतीय सीमा क्षेत्रमा जोडिएको क्षेत्रमा ४४ वटा मतदानस्थल र १ सय १५ वटा केन्द्र रहेको छ । यस क्षेत्रको प्रदेश १ तर्फ ४७ हजार ४ सय ५५ र प्रदेश २ तर्फ ५३ हजार ३९ मतदाता गरि कुल १ लाख ४ सय ९४ मतदाता रहेका छन् ।

दलीय गठबन्धन अन्र्तगत माओवादी नेता शिवकुमार मण्डल प्रतिनीधिसभातर्फ र प्रदेश सभामा कांग्रेसका अमृत अर्याल र गयानन्द मण्डल प्रतिस्पर्धामा रहेकाछन् । यस क्षेत्रमा जसपाका राजकुमार यादव प्रतिनीधिसभामा र जयराम यादव प्रदेश सभामा रहेकाछन् । त्यसैगरि, एमालेका सन्तोष साहपनि सोही क्षेत्रको प्रदेश सभामा स्पर्धा गरिरहेका छन् । यस क्षेत्रमा जहँदा गाँउपालिका, धनपालथान गाँउपालिका, रङ्गेली नगरपालिका, र विराटनगर महानगरपालिकाका विभिन्न वडा पर्दछ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा कुल ३ सय ६ वटा मतदानस्थल, ८ सय ३९ वटा मतदान केन्द्र रहेका छन् । त्यसैगरी, यस जिल्लाका ६ वटा क्षेत्रमा ३ लाख ७४ हजार ३ सय २६ महिला र ३ लाख ६१ हजार १ सय ९३ पुरुष मतदाता रहेको कार्यालयले जनाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’