प्युठानमा चुनावी माहाेल चर्किँदै: सूर्य र दुर्गामा कसले मार्ला बाजी?

प्युठानमा चुनावी माहाेल चर्किँदै: सूर्य र दुर्गामा कसले मार्ला बाजी?
+
-

प्युठान – प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेकाे प्युठानमा नेकपा एमालेकाे तर्फबाट सूर्यबहादुर थापा र गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाकी दुर्गा पाैडेलबीच प्रतिष्पर्धा हुँदैछ ।

मंसिर ४ गतेका लागि तय भएकाे निर्वाचनका लागि एमाले पोलिटब्युरो सदस्यसमेत रहेका थापा र राजमाे उपाध्यक्ष तथा सांसद् पाैडेलबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।

बाग्लुङपछि राजमोकाे बलियो क्षेत्र मानिएकाे प्युठानमा एमालेको जनाधार पनि बलियो छ । गत स्थानीय तहकाे निर्वाचन र वर्तमान राजनीतिक परिवेश हेर्ने हाे भने, यसअघि प्युठानबाटै सांसद् बनेकी पाैडेललाई यसपालि जित्न सजिलो छैन ।

गठबन्धनका कारण प्युठानमा सत्ताधारि दल नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राजमाे एक ठाउँमा छन् भने एमाले एक्लो छ ।

तर, गत स्थानीय तहकाे निर्वाचन र अहिले कांग्रेसले देखाएकाे व्यवहार हेर्ने हाे भने त्यहाँ गठबन्धनकाे पूर्ण पालना हुनेमा विश्वस्त हुने अवस्था छैन । यसकाे प्रमुख कारण हो-  ‘कांग्रेसका नेता डा.गाेविन्दराज पाेखरेलले गरेकाे दुर्गालाई भाेट नदिने घाेषणा ।’

सिट बाडफाँटका क्रममा गठबन्धनले प्युठान र बाग्लुङ राजमाेलाई दिने करिब-करिब टुङ्गाे लगाइरहँदा कांग्रेसका डा.पाेखरेलले भने आफूले राजमाेकी दुर्गाकाे लागि भाेट नमाग्ने कांग्रेसका उम्मेदवारका लागि मात्र भाेट माग्ने सामाजिक सञ्जालमार्फत घाेषणा गरेका थिए ।

डा.पाेखरेल उनै नेता हुन् जाे २०७४ सालकाे निर्वाचनका पाैडेलसँग पराजित भएका थिए । तत्कालीन बाम गठबन्धन विशेषत:एमालेकाे समर्थनमा जितेकी पाैडेल अहिले साेही एमालेका सूर्यसँग प्रतिष्पर्धा गर्दैछन् ।

गठबन्धनका कारण कांग्रेसबाट टिकट नपाएका राष्ट्रिय याेजना आयाेगका पूर्वउपाध्यक्षसमेत रहेका उनकाे राजमाेका नेता तथा कार्यकर्ताहरूले चर्काे विराेध गरेका थिए । चुनाव नजिकिँदै छ- उनले दुर्गालाई साथ दिन्छन् या दिँदैनन् हेर्न अझै बाँकी नै छ ।

कुल ९ वटा स्थानीय तह रहेकाे प्युठानमा नाैबहिनी गाउँपालिकाका दुवै पदमा एमाले, सरुमारानी गाउँपालिका एमालेकाे प्यानल नै विजयी भएकाे छ भने झिमरुकमा
अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस, प्युठान नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस, स्वर्गद्वारी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा राजमाे,
गाैमुखी गाउँपालिका प्रमुखमा कांग्रेस, उपाध्यक्षमा माओवादी, माण्डवी गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस र ‌ऐरावती गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्षमा राजमाे विजयी भएकाे थियाे ।

गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेभन्दा सत्ता गठबन्धन ११ हजार मतले अघि छ । प्युठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको कांग्रेसले २१ हजार २२ मत पाएको छ । १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ । त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले १ हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको एकीकृत समाजवादीले १ हजार ३२२ मत पाएको थियो ।

२०७४ सालकाे निर्वाचनमा सत्कालीन बाम गठबन्धनकाेतर्फबाट लाेकप्रिय मतका साथ विजयी भएकी पाैडेल राजमाे महामन्त्री माेहन विक्रम सिंहकी पत्नी हुन् ।

जनमाेर्चाले पकड कायम गरेकाे महामन्त्री सिंहकाे जन्मथलाे झिमरुक गाउँपालिकामा गत स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेकाे छ । त्यहाँ ‍माओवादी र कांग्रेसबीच गठबन्धन थियाे ।

यता, प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेकाे प्युठानकाे क्षेत्र नम्बर ‘क’मा गठबन्धनकाे तर्फबाट ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍नेता कृष्ण अधिकारी ‘प्रकाश’ उम्मेदवार छन् भने उनकाे प्रतिष्पर्धी एमालेकाे तर्फबाट तुलसीराम शर्मा रहेका छन् ।

एमालेका निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका शर्मा प्युठानका लाेकप्रिय नेता मानिन्छन् भने अधिकारी पनि लोकप्रिय छन् ।

यता, क्षेत्र नम्बर ‘ख’मा नेकपा एमालेकाे तर्फबाट हरिप्रसाद रिजाल उम्मेदवार रहेका छन् भने गठबन्धनकाे तर्फबाट कांग्रेसका राेज राणा’सराेज थापा’ उम्मेदवार छन् ।

यी दुवै प्रतिष्पर्धी प्युठानमा लाेकप्रिय छन् । युवा पुस्ताकाे प्रतिनिधित्व गर्दै आएका राणा नेपाली कांग्रेस प्युठान क्षेत्र नम्बर २ का सभापति हुन् भने एमालेका रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्युठान सह-इन्चार्ज हुन् ।

यसअघि, २०७४ सालकाे निर्वाचनमा प्युठान ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशका पूर्व सहरीविकास मन्त्रीसमेत हुन् ।

प्युठान ‘ख’ बाटै स्वतन्त्र उम्मेदवार माधव केसी पनि उठेका छन् । नेतृत्व तहमा युवा पुस्ता सहभागी हुनुपर्ने भिजनसहित उम्मेदवारी दिएकाे बताउने उनले कांग्रेसका नेता राणाकाे मत काट्ने सम्भावना देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्युठानमा गठबन्धनभित्र खटपट: जनमाेर्चाकी पौडेललाई भोट नमाग्ने कांग्रेसका पोखरेलको घोषणा

प्युठानमा गठबन्धनभित्र खटपट: जनमाेर्चाकी पौडेललाई भोट नमाग्ने कांग्रेसका पोखरेलको घोषणा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’