सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले नेपाली कांग्रेस आफू हार्न तयार भएको तर गठबन्धन दललाई धोका नदिने बताएका छन्।
नेपाली कांग्रेसका शुुभेक्छुुक संस्थाका प्रमुखसँग निर्वाचनबारे सुुझाव संकलन गर्ने कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्।
प्रदेश सभा सदस्य पदको २ नम्बर क्षेत्रका लागि प्रत्यासीसमेत रहेका शाहीले कांग्रेस निर्वाचनमा हार्ला तर गठबन्धन दललाई नेपाली कांग्रेसबाट धोका नहुने बताए।
गठबन्धन दल हार्नु भनेको कांग्रेस पनि हार्नु हो भन्दै उनले कांग्रेसका नेता, कार्यकर्ता र शुुभेक्छुुक संस्थाका प्रमुखहरूलाई गठबन्धन दलहरूलाई जिताउने गरी लाग्न निर्देशन दिए।
यो चुुनाव नेपाली कांग्रेसका लागि हालसम्म भएको निर्वाचनमध्येकै निकै सहज भएको बताउँदै यसअघिका निर्वाचन अन्य दल एकातिर र कांग्रेस एकातिर भएर लडिरहेको विगतलाई सम्झँदै चुनावी परिणाम गठबन्धनको पक्षमा आउने गरी लाग्नसमेत उनले निर्देशन दिए।
स्थानीय निर्वाचन के भयो भन्दा पनि यस पटक गठबन्धन दलका तर्फबाट प्रत्यासी बनेका एक जना प्रतिनिधि सभा सदस्य र दुुई जना प्रदेश सभा सदस्य पदका प्रत्यासीलाई विजयी गराउन उनले कांग्रेसजनलाई आग्रह गरे।
उनले नेता–कार्यकर्तालाई गठबन्धनविरुद्ध नबोल्न र केही समस्या देखिए ती समस्या समाधान गर्नेतर्फ लाग्नसमेत आग्रह गरे।
उनले बागी उम्मेदवारका रूपमा रहेकाहरूलाई अन्तिम मौका भएकाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर गठबन्धन दलका उम्मेदवारलाई सहयोग गर्नसमेत अपिल गरे।
कांग्रेसले आजसम्म आफ्नो उम्मेदवारी निष्क्रिय पार्ने बागी उम्मेदवारलाई गरिएको कारबाही फिर्ता लिने जनाएको छ। कार्यक्रममा शुुभेक्छुक संस्थाका प्रमुुखहरूले चनाखो र बुद्धिमता किसिमले गठबन्धनलाई अगाडि बढाउनुुपर्ने सुुझाव दिएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































