रेखा थापालाई ढाकाटोपी लगाएर स्थानीयले गरे सम्मान

रेखा थापालाई ढाकाटोपी लगाएर स्थानीयले गरे सम्मान
+
-

मोरङ – राप्रपाकी मोरङ क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रेखा थापालाई स्थानीयले ढाकाटोपी लगाएर सम्मान गरेका छन्।

आइतबार घरदैलो कार्यक्रमअन्तर्गत मोरङको बेलबारी नगरपालिका–३ का स्थानीय कर्ण चेम्जोङले ४१ वर्षीया उम्मेदवार नेत्री थापालाई ढाकाटोपी लगाइदिएका हुन्।

सो क्रममा चेम्जोङले पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने बताएका थिए। आफू कम्युनिस्ट विचारबाट प्रभावित रहे पनि अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाकाटोपी लगाइदिएर नगरमा स्वागत गरेका थिए।

उनले भने, ‘म आफँै कम्युनिस्ट विचारबाट प्रभावित र त्यही विचारमा आस्था राख्ने व्यक्ति हुँ। तर, पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर् यो। अब युवा र यी चेलीले हाम्रो टोपीको रक्षा गर्ने विश्वास लिएको छु।’

सुरुवाती अवस्थामा नायिका नेत्री थापा कमजोर उम्मेदवारको रूपमा आकलन गरिएको थियो।
यद्यपि, पछिल्लो समय उनको निरन्तर चलिरहेको घरदैलो र मतदातामा देखिएको उत्साहका कारण निर्वाचनमा बलियो उम्मेदवारका रुपमा देखिएको स्थानीयले बताएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’