राप्रपाको चुनावी प्रचार टोलीद्वारा चार वटा गाउँपालिका प्रचार कार्यक्रम सम्पन्न

राप्रपाको चुनावी प्रचार टोलीद्वारा चार वटा गाउँपालिका प्रचार कार्यक्रम सम्पन्न
+
-

सिमकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले जिल्लाका दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकामा चुनावी प्रचारका कार्यक्रम सम्पन्न गरेको छ। एक हप्ताभन्दा बढी समय लगाएर राप्रपाको चुनाव प्रचार टोली आफ्नो घरदलौ कार्यक्रम सकाएको छ।

राप्रपा हुम्लाका अध्यक्ष विकास महतले दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका चुवानी घरदैलो कार्यक्रम सम्पन्न गरेको बताए।

उनले पार्टीले प्रचारका क्रममा वर्तमान विकृति र विसंगतिबारे जनतालाई जानकारी गराउने र झुुटो आश्वासन दिने कार्य नगरेको बताए।

चुनाव प्रचारका लागि घरदैलोमा जाँदा जनताबाट अपार माया र स्वागत पाएको जानकारी दिँदै उनले भने, ‘गर्न सकिने कुरा मात्र जनतालाई बताएका छौँ।’

राप्रपा टोली बिहीबार सर्केगार्डको कार्यक्रम सकाएर खार्पुनाथ गाउँपालिकामा छिर्नेछ। अब राप्रपाको सिमकोट नाम्खा गाउँपालिकामा घरदैलो कार्यक्रम बाँकी रहेको र लगत्तै सञ्चालन गर्ने राप्रपाले जनाएको छ।

मतदाता भेटघाटका क्रममा देखिएका जनताको मायाले यस पटक राप्रपाको मत संख्या पनि बढ्ने दाबी सो पार्टीले गरेको छ।

अध्यक्ष महत आफँै प्रतिनिधि सभाका लागि समानुुपातिक तर्फका उम्मेदवार हुन्। राप्रपा हुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा तेजबहादुुर रावत, प्रदेश सभातर्फ १ नम्बर छापे ऐडी र २ नम्बरमा नैनसिंह रावतलाई प्रत्यासी बनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’