नमुना मतदानमा बदर मत घट्दै

नमुना मतदानमा बदर मत घट्दै
+
-

सिमकोट – खार्पुनाथ गाउँपालिकामा गरिएको नमुना मतदान कार्यमा खसेका मत बदर हुने क्रम घट्दै गएको छ। नमुना मतदान कार्यअघि नै मतदाता शिक्षा गाउँ–गाउँमा सञ्चालन भएका कारण बदर मत कम भएको हो।

नमुना मतदान कार्यमा सहभागिता जनाएकी खार्पुनाथ गाउँपालिका–३ की मतदाता राजमती शाहीले यसपटक ढुुक्कसाथ मतदान गरिएको बताइन्।

किनकि उनलाई तीन दिनअघि घरमै आएर स्वयंसेविकाले नमुना मतपत्रमा मतदान गर्न सिकाएका कारण उनको मत सदर भएको हो।

सामान्य नाम लेख्न जान्ने उनले घरमा सिकेकै कारण राम्रोसँग सदर हुने गरी मतदान गरिएको बताइन्। उनले जानकारी नभएर वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मतपत्रमा ल्याप्चे लगाएकी थिइन्।

उनले नमुना मतदान गर्नकै लागि एक घण्टा हिँडेर आई मतदान कार्यमा सहभागिता जनाएकी हुन्।
जिल्ला निर्वाचन कार्यालयबाट नमुना मतदानका लागि खटिएका सम्पर्क व्यक्ति लालबहादुुर भण्डारीले कुुल ३१ मत खसेकामा एक मतबाहेक तीस मत सदर भएको बताए।

उनले सो कार्यका लागि वडा–वडाबाट महिला र पुुरुष मतदातालाई गाउँपालिकाको समन्वयमा झिकाएर मतदान कार्यमा सहभागी गरिएको बताए।

उनले मतदाता शिक्षा पाएकै कारण बदर मत घटेको बताए। यसअघि नाम्खा गाउँपालिकामा भएको सो कार्यमा दुुई मत बदर भएको थियो। अब कात्तिक ३० गतेसम्म बाँकी पाँच वटा गाउँपालिकामा यो कार्य गरिनेछ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’