झापा – कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन्।
झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताए।
भद्रपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्नसमेत आग्रह गरे।
उनले नेपाली कांग्रेसले घोषणपत्रमा समेटेको ‘३(७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताए। कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































