सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले अब विकासका लागि अहिलेका वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन्।
सदरमुुकाम सिमकोटबाट अदानचुली गाउँपालिकाको श्रीनगरमा गठबन्धनद्वारा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न पुुगेका मुख्यमन्त्री शाहीले जिल्लाबाट मात्र नभई कर्णाली प्रदेश र देश विकासका लागि गठबन्धनलाई जिताउनुु आवश्यक रहेको बताए।
०७४ सालपछि देशले दुुई तिहाई नजिकको सरकार पाए पनि देशमा विकास हुन नसकेको भन्दै मुख्यमन्त्री शाहीले केही गर्नकै लागि गठबन्धन निर्माण भएको र अब हुम्लावासीले पनि गठबन्धनलाई जिताउन आग्रह गरे।
हुुम्लामा गठबन्धनले जिते मुख्यमन्त्रीदेखि मन्त्री पाउने गठबन्धनका शीर्ष नेताबाटै आवाज आइसकेका कारण यसतर्फ पनि हुम्लावासीले ध्यान दिनुु आवश्यक रहेको उनले बताए।
अब जनताले विकास दिने तर त्यसबापत प्रतिशत जनताबाटै असुल गर्ने प्रवृत्ति र नेतालाई जनताले यतिखेर चिन्न नसके फेरि हुम्ला पछि पर्ने उनले बताए।
प्रदेश सभा सदस्य १ नम्बर क्षेत्रका प्रत्यासी रणसिंह परियारबारे जानकारी दिँदै उनले एक दलित समुदायको व्यक्तिलाई पहिलो पटक गठबन्धन उम्मेदवार बनाएको र अव १ नम्बर क्षेत्रका जनताले जिताएर देखाउनुुपर्ने बताए।
कांग्रेसबाटै सो क्षेत्रमा बागी उम्मेदवारी परेको छ। त्यसतर्फ संकेत गर्दै मुख्यमन्त्री शाहीले अहिलेसम्म कांग्रेस भन्ने तर मतदानका बेला दायाँ–बायाँ भए त्यो कांग्रेस हुन नसक्ने उनको भनाइ छ।
त्यसैले नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ताले इमान्दार भएर निर्वाचनमा सहयोग गर्नुपर्ने उनले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































