निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छः सञ्चारमन्त्री कार्की

निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छः सञ्चारमन्त्री कार्की
+
-

मोरङ – आगामी निर्वाचनपछि वाम लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

सुनसरीस्थित हरिनगर गाउँपालिकाको घुस्कीमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई समृद्ध र विकासोन्मुख बनाउन लोकतान्त्रिक वाम गठबन्धन आवश्यका रहेको बताए।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘लोकतान्त्रिक वाम गठबन्धन आज पनि आवश्यक छ र भोलि पनि रहनेछ। यसबारे कसैले द्विविधा नराखे हुन्छ। त्यसैले निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्नेछ।’

चुनावी सभामा मन्त्री कार्कीले नेपाल–भारत सम्बन्धबारे चर्चा गरेका थिए। उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गरे।

मन्त्री कार्कीले नेपाल–भारत सम्बन्ध दुई राष्ट्रबीचको मात्र नभई जनताबीच समेत प्रगाढ रहेको बताए।

मन्त्री कार्कीले नेपाल–भारतको सीमाक्षेत्रमा विकासको खाँचो रहेको उल्लेख गरे।

दुई राष्ट्रको सम्बन्ध सुमधुर बनाउँदै दुवै क्षेत्रको जनताको हितमा विकास निर्माणका गतिविधि गरिनुपर्नेमा मन्त्री कार्कीले जोड दिए।

सोही क्रममा उनले संविधान कार्यान्वयन, लोकतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन आवश्यक भएको बताए।

मुलुकलाई आर्थिक समृद्धिमा अगाडि बढाउन पनि पाँचदलीय गठबन्धन अपरिहार्य रहेको उनको भनाइ छ।
कार्की मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवार छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’