सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा चुनावी प्रचारका लागि पुुगेका छन्।
लिमी जाने बाटो हिमपातले बन्द भएपछि मुख्यमन्त्री शाही हेलिकोप्टर रिजर्भ गरेर लिमी पुुगेका हुन्।
मुख्यमन्त्री शाहीले लामो प्रयासपछि लिमीका मतदातासँग भेटघाट गर्न लिमी पुुग्न पाएको बताए।
उनले १५ दिन अगाडिबाट लिमीका तीन गाउँ जाने तयारी गरे पनि सोमवार बल्ल जान पाएको बताए।
उनले लिमी जाने दुुई वटा स्थान नारा र न्यालुु लेकमा जमेको हिउँका कारण बाध्यताले हेलिकोप्टर रिजर्भ गर्नुपरेको भन्दै लिमीका तीन गाउँ हल्जी, जाङ, तीलमा पुुग्न पाएको बताए।
मतदाताबाट न्यानो स्वागत पाएको जानकारी दिँदै लिमीका लागि सकिने कुरा गर्ने प्रतिबद्धता मतदातासँग गरेको बताए।
लिमीका तीन गाउँमा उनी पुुगेपछि घरदैलो भने गर्न पाएनन्।
गाउँका स्थानीयलाई एकै ठाउँमा जम्मा गरेर मत मागेका थिए। उनले बाध्यता र परिस्थितिले गर्दा हेलिकोप्टर चार्टर गर्नुपरेको भन्दै मतदाता भेट्नकै लागि गएको बताए।
मुख्यमन्त्री शाहीको टोली लिमीका तीन वटै गाउँमा हेलिकोप्टरमा पुुगेको थियो। लिमीका एक गाउँबाट अर्को गाउँ चार घण्टासम्म पैदल लाग्ने गर्छ।
चुनावी प्रचारका लागि लिमी पुुग्ने मुख्यमन्त्री पहिलो उम्मेदवार हुन्। अन्य उम्मेदवार कोही पनि पुुग्न पाएका छैनन्। उनी प्रदेश सभा सदस्य २ नम्बर क्षेत्रका प्रत्यासी छन्। लिमी उनकै निर्वाचनको क्षेत्र पर्छ।
लिमीबाट मुख्यमन्त्री शाही आजै सिमकोट फिर्ता भएका छन्। ०७४ सालको निर्वाचनमा पनि मुख्यमन्त्री शाही सोही पदका लागि प्रत्यासी बनेका थिए। सो निर्वाचनमा उनलाई लिमीका तीनै मतदान केन्द्रबाट अधिकांश मत खसेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































