निर्वाचनमा लिमी खटिएका कर्मचारी हेलिकोप्टरबाट ओसारिने

निर्वाचनमा लिमी खटिएका कर्मचारी हेलिकोप्टरबाट ओसारिने
+
-

सिमकोट – मंसिर ४ गतेको निर्वाचनमा नाम्खा गाउँपालिका–६को हिमालपारिको गाउँ लिमीमा खटिने कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने भएको छ।

लिमी जाने दुुईवटै नाकामा बाक्लो हिमपातले जान नसकिने अवस्था सिर्जना भएपछि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेको हो।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले निर्वाचनका लागि लिमीका तीन वटै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट ओसार्न निर्वाचन आयोग सहमत भएको बताए।

सो व्यवस्थाका लागि यसअघि जिल्लाबाट माग भएको थियो। आयोगले जिल्लाको मागअनुुसार हेलिकोप्टरको व्यवस्था गर्न सहमत भएकाले अब लिमीमा पनि निर्वाचन सम्पन्न गर्न सहज भएको छ।

हेलिकोप्टरको व्यवस्था नभएको भए लिमीमा निर्वाचन गर्न सम्भव थिएन। उनले कात्तिक ३० गते हेलिकोप्टरमा सिमकोट आएर खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री ढुवानी गर्ने बताएका छन्।

पैतालीस जना कर्मचारी र सुरक्षाकर्मी लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका कारण कम्तीमा पनि हेलिकोप्टरले उडान भर्नु पर्नेछ।

अब आयोगले कर्मचारीलाई निर्वाचनका लागि लिमी पुर् याउने मात्र नभई मतदान कार्य सम्पन्न भएप्छि मतपेटिका र कर्मचारीलाई समेत हेलिकोप्टरबाटै ल्याउनुपर्ने परिस्थिति छ। किनकि लिमी जाने दुुबै नाका, चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चार देखि पाँच फिट हिउँ जमेको छ।

हिमपातपछि हालसम्म लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोलीले न्यालुु लेकको पाँच फिट हिउँ छिचोलेर पाँच दिन लगाएर लिमी पुुगेको भए पनि अन्य कोही पनि जान सकेका छैनन्। निर्वाचनको प्रचार प्रसारका लागि दलका उम्मेदवार र नेतासमेत लिमी पुग्न सकेका छैनन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’