केपी ओलीले संविधान मिच्न थालेपछि गठबन्धन भयोः प्रधानमन्त्री देउवा

केपी ओलीले संविधान मिच्न थालेपछि गठबन्धन भयोः प्रधानमन्त्री देउवा
+
-

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन्।

गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका–३ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्दै प्रधामन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताए।

संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ। गठबन्धन जोगाउन मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनले मतदातासँग अपिल गरे।

उनले भने,  ‘तपाईंहरुलाई थाहा छ, केपी ओलीले संविधान मिच्न खोज्नुभयो। त्यो पनि दुई –दुई पटक। उहाँहरुले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने तपाईं हामी सबैलाई लागेको थियो तर, उहाँले उल्टो गर्नुभयो। दुःख गरेर बनाएको नयाँ संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो। त्यसकारण हामीले गठबन्धन गरेका हौँ।’

प्रधानमन्त्री देउवाले भागेश्वर गाउँपालिका विकट रहेको र प्रायः सबै गाउँमा सडक पुगेको उल्लेख गर्दै अब सडक कालोपत्र गरिने बताए। सदरमुकाम बागबजारदेखि बगरकोट–शीर्ष–रुपालसम्मको सडक कालोपत्र गर्ने काम भइरहेको उनको भनाइ छ।

खेतबारीमा सिँचाइको समस्या रहेको भन्दै उनले सिँचाइको व्यवस्था गर्ने र यहाँका गाउँबस्तीमा भएको खानेपानीको समस्या समाधान गर्ने बताए। प्रधामन्त्री देउवाले बुधबार बोगटासँगै अमजयमेरु गउँपालिका–५ को देवल र गन्यापधुरा गाउँपालिका–३ को सकायलमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन्।

यसैगरी प्रधानमन्त्री देउवाले बुधबार नै बैतडीमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गरेका छन्। बैतडीमा आयोजित सभामा प्रधानमन्त्री देउवाले पञ्चेश्वर जलविद्युत आयोजना बनाउन भारतसँग कुरा भइरहेको बताए।

बैतडीको शिवनाथ गाउँपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले पञ्चेश्वरका बिषयमा भारतीय प्रधानमन्त्री मोदीसँग कुरा भएको बताएका हुन्।

‘पंञ्चेश्वर जलविद्युत आयोजना निर्माणको लागि भारत सरकार र अहिलेका प्रधानमन्त्री मोदीज्यूसँग कुरा भएको छ । उहाँले पञ्चेश्वरलाई अगाडि बढाउनुपर्छ भन्नुभएको छ’, उनले भने, ‘पञ्चेश्वर अगाडी बढेको खण्डमा यस ठाउँको कायापलट हुने नै छ ।’

उनले पञ्चेश्वर निर्माण संगै सो क्षेत्रमा आवश्यक रहेको पुलको काम पनि अगाडि बढ्ने आश्वासन दिए । उनले भने, ‘पञ्चेश्वर आउन धेरै बर्ष लाग्न सक्छ । त्यसअघि यहाँ पुल चाहिएको छ । यसलाई हामी अवश्य नै अगाडि बढाउने नै छौ ।’ उनले गठबन्धन १०–१५ वर्षअगाडि बढेमा देशको विकास तीव्र गतिमा हुने बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’