सिमकोट – निर्वाचन कार्यालयको आयोजनामा जिल्लाका सात वटै गाउँपालिकामा नमुना मतदान गर्ने कार्य सम्पन्न भएको छ। सदर मत वृद्धि गर्न र मतदान कार्यमा सबै मतदाताले सहज रूपमा मतदान गर्न सकुुन् भन्नका लागि यो मतदान कार्य निर्वाचन कार्यालयले सञ्चालन गरेको हो।
जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुुख श्याम रानाले नमुना मतदान कार्य सात वटै गाउँपालिका केन्द्रमा सम्पन्न भएको बताए।
बिहीबार सिमकोट गाउँपालिका–६ को कालाशिल्ता आधारभूत विद्यालयमा सो कार्य गरिएपछि अब सबै गाउँपालिकामा सम्पन्न भएको हो।
कार्यालयले यसअघि नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली, ताँजाकोट गाउँपालिकामा सम्पन्न गरेको थियोे।
सिमकोट गाउँपालिकामा सम्पन्न भएको नमुना मतदान कार्यमा ३२ मत खसेकामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २८ मत सदर र चार मत बदर भएका थिए भने सोही सभाको समानुुपातिकतर्फ २९ मत सदर र तीन मत बदर भएका थिए।
त्यसैगरी, प्रदेशतर्फ प्रत्यक्षमा ३० मत सदर र दुुई बदर तथा समानुुपातिकतर्फ २९ सदर तथा तीन मत बदर भएका थिए।
अन्य ६ वटा गाउँपाकिलाका नमुना मतदान कार्यका लागि वास्तविक र गाउँ–गाउँबाट मतदाता बोलाएर मतदान गर्न लगाए पनि सिमकोटमा भने प्रमुुख जिल्ला अधिकारीलगायतले समेत मत खसालेका थिए।
प्रत्येक गाउँपालिकामा मतदान गर्दा बदर मत न्यून पाइएको भन्दै यस पटकको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमले सदर मत वृद्धि गर्न सहज गरेको कार्यालयले जनाएको छ।
निर्वाचनमा बदर मत कम गर्न र सबै मतदाताले सहज रुपमा मतदान गरुन् भन्नका लागि यस पटक गाउँपालिका स्तरमा सो कार्य गरिएको हो।

भर्खरै
लोकप्रिय






































































































































































































