ललिता निवास जग्गा प्रकरणमा फसाइयो, अब जनताले न्याय दिन्छन्ः विजयकुमार गच्छदार

ललिता निवास जग्गा प्रकरणमा फसाइयो, अब जनताले न्याय दिन्छन्ः विजयकुमार गच्छदार
+
-

मोरङ – ललिता निवास जग्गा प्रकरणमा फसाइएको हँुदा जनताले न्याय दिलाउने सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले बताएका छन्।

सुनसरीको इटहरीमा विहीबार आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै नेता गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई फसाइएको दाबी गरे।

उनले भने, ‘मेरो राजनीतिक इतिहासलाई मेटाउने षड्यन्त्रले ममाथि ओली नेतृत्वको एमाले सरकारले जग्गा प्रकरणमार्फत प्रतिशोध साँधेको हो।’

सुनसरीको जनतामाझ प्रिय सेवकका रुपमा रहेको बुझेका एमालेले आपूmलाई निर्वाचनमा जित हात पार्ने भएकाले फसाएको गच्छदारले जानकारी दिए।

उनले भने, ‘प्रत्येक निर्वाचनमा जित्ने भएपछि आगामी समयमा हुने निर्वाचनमा मैले फेरि पनि जित्छु भनेर मलाई फसाइएको हो। ताकि फेरि निर्वाचनमा लड्न मिलोस् भनेर।’

‘जग्गा प्रकरणमा मेरो कुनै पनि संलग्नता छैन, यसपटक पनि जनताले मलाई चुनाव जिताएर पठाउनुहुनेछ। यो मेरो विश्वास हो,’ सोही क्रममा गच्छदारले ललिता निवास जग्गा प्रकरणमा अदालतले सफाई दिने विश्वास लिएको बताए।

त्यसैगरी, निर्वाचनमा बनेको पाँचदलीय गठबन्धन राजनीतिक स्थायित्वका लागि बनेको उनले बताए। मुलुकमा राजनीतिक स्थिरता ल्याउन गठबन्धनको सरकार बन्नुपर्ने र गठबन्धनले निरन्तरता पाउने उनको भनाइ थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’