दार्चुला छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामा हुने

दार्चुला छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामा हुने
+
-

धनगढी – दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ। व्यासमा अहिले चिसो बढेका कारण जिल्ला सदरमुकाम खलंगाबाटै मतदान गर्ने गरी तयारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

उनीहरुकै आग्रहमा वडा कार्यालयको सिफारिसका आधारमा निर्वाचन आयोगबाट अनुमति मागेर खलंगामै मतदान गर्ने व्यवस्था गरिएको प्रजिअ उपाध्यायले बताए।

छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिंकरको केन्द्रमा दुई सय ३४ जना मतदाताले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मताधिकार प्रयोग गर्नेछन्।

तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालयमा मतदान गर्ने बताइएको छ भने छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

वैशाख ३० गते भएको पालिका तहको चुनावमा यो क्षेत्रमा नेपाली भूमिबाट छाङरू र तिंकर जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको थियो।

दार्चुलाका एक सय ४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन समेत गरिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी चुनाव सामग्री बुझेर मतदान केन्द्रमा पुगेर तयारी गरिरहेका छन्।

दार्चुला जिल्लामा १४ वटा अति संवेदनशील, २३ वटा संवेदनशील र ७७ वटा सामान्य मतदान केन्द्र रहेको प्रजिअ उपाध्यायले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’