सिमकोट – मंसिर ४ गतेको निर्वाचनका लागि मतदान स्थलमा पुुगेका कर्मचारीले मतदान केन्द्र निर्माण पूरा भएको छ।
मतदान कार्यलाई कसरी सहज र व्यवस्थित बनाउने भन्नका लागि खटिएका कर्मचारीले मतदान स्थलमा केन्द्र निर्माण गरेका हुन्।
सिमकोट गाउँपालिका–६ को भीमसेन आधारभूत विद्यालयमा खटिएकी मतदान अधिकृत सुधा सापकोटा केन्द्र निर्माण सम्पन्न भएको बताइन्।
मतदान केन्द्रलाई घेराबार गर्ने, मतदातालाई पंक्तिबद्ध भएर बस्न डोरी लगाउने, मतदान गर्न जाने र निस्कने बाटो निर्माण गर्ने, अस्थायी शौचालय निर्माण र पिउने पानीको समेत व्यवस्था गरिएको छ।
त्यसैगरी, गोप्य मतदानका लागि कोठा निर्माण, मतपेटिका राख्ने स्थानसमेत तयार गरिएको छ। मतदानका लागि सबै कार्य पूरा भएको भन्दै सर्वदलीय बैठकसमेत बसालेको उनले बताइन्।

त्यसैगरी खार्पुनाथ गाउँपालिका–५ को मान्धारा मावि भकुण्डामा मतदान अधिकृत मोहनबहादुुर शाहीले मतदान केन्द्र निर्माणदेखि सर्वदलीय बैठक बसाल्ने, चारकिल्ला छुट्याएको, मदिरा निषेधित, हातहतियार निषेधलगायत विषयमा सूचनासमेत जारी गर्ने कार्य भएको बताए।
मतदान केन्द्रमा मतदाता आउने–जाने बाटो बनाउनुुपरेको उनले बताए।
मुख्य निर्वाचन अधिकृत डिलप्रसाद सापकोटाले जिल्लाका सम्पूर्ण मतदान स्थलका मतदान केन्द्र निर्माण गर्ने कार्य पूरा भएको बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट शनिबार सिमकोट गाउँपालिकाका चार वटा मतदान केन्द्रको स्थलगत अनुुगमनसमेत भएको थियो।
हुम्लामा ५९ वटा मतदान केन्द्र छन् भने ५८ वटा मतदानस्थलमध्ये ५६ वटा विद्यालयमा रहेको र बाँकी दुुई वटामा एउटा वडा कार्यालय र अर्को जलविद्युुत् आयोजनाको घरमा छ।
निर्वाचनका लागि खटिएका कर्मचारीले आफ्नो जिम्मेवारीको काम पूरा गरिरहेको जानकारी दिँदै मतदान कार्यको अन्तिम तयारीमा कर्मचारी लागेको उनले बताए।
मतदान स्थललाई अपांगता, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी गर्भवतीमैत्री मतदान केन्द्र निर्माण कार्यलाई विशेष प्राथमिकता दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































