खसेको मतबारे जानकारी दिने प्रणालीमा समस्या

खसेको मतबारे जानकारी दिने प्रणालीमा समस्या
+
-

मोरङ – प्रदेश निर्वाचन कार्यालय–१ विराटनगरले प्राविधिक समस्याका कारण प्रदेशभरबाट खसेको मत प्रतिशतबारे प्रस्ट जानकारी आउन नसकेको जनाएको छ।

विराटनगरस्थित कार्यालयका शाखा अधिकृत महेशकुमार ठाकुरका अनुसार मोरङसँगै अन्य जिल्लाबाट खसेको मतबारे जानकारी दिने प्रणालीमा समस्या आएको हो।

प्रदेश निर्वाचन कार्यालय र अन्य जिल्लाबीच मत खसेको विषयमा तत्काल प्रतिशतसहित संख्या जानकारी गराउने इभेन्ट ट्रयाकिङ एसएमएस प्रणालीमा आइतबार बिहानबाट समस्या आएको अधिकृत ठाकुरले जानकारी दिए।

यसबारे सम्बन्धित निकायमा जानकारी भएको बताएका ठाकुरले अहिलेसम्म प्रदेशभर कति मत खसेको भन्नेबारे प्रस्ट आँकडा संकलन गर्न कठिनाइ भएको उल्लेख गरे। यद्यपि, निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, सुरक्षा निकाय तथा अनुगमन टोलीसँग फोनमार्फत जानकारी लिएर आँकडा संकलन कार्य हुँदै आएको कार्यालयले जनाएको छ।

मोरङमा अपराह्न साढे ३ बजेसम्म ५४ देखि ५५ प्रतिशत मत खसेको कार्यालयले जनाएको छ। हालसम्म प्रदेश १ का १४ वटा जिल्लामा कति मत खसेको भन्ने विषय यकिन आँकडा आइनसकेको कार्यालयले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’