काठमाडाैँ – काठमाडाैँ क्षेत्र नम्बर १ मा साेमबार बिहान ८ बजे हुने भनिएकाे मतगणना अझैसम्म पनि सुरु हुन सकेकाे छैन।
हिजाे साँझ बसेकाे सर्वदलीय बैठकले आज बिहान आठ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतगणना सुरु गर्ने निर्णय गरेकाे थियाे।
देश सञ्चारलाई प्राप्त जानकारी अनुसार साे क्षेत्रमा सुरुमा प्रत्यक्षतर्फकाे मतगणना हुने सहमति भएकाे छ।
राेचक प्रतिष्पर्धाकाे आँकलन गरिएकाे साे क्षेत्रमा प्रत्यक्षतर्फ मुख्य प्रतिष्पर्धीमा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पाैडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्टिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल उम्मेदवार रहेका छन्।
हिजाे मंसिर ४ गते सम्पन्न दुवै तहकाे निर्वाचनकाे मतगणना कार्य आजबाट धमाधम सुरु हुँदैछ। देशका केही क्षेत्रमा बिहानैदेखि मतगणना भइसकेकाे छ भने केहीमा हुने क्रम जारी छ।

भर्खरै
लोकप्रिय






































































































































































































