सिमकोट – मतदान कार्य सम्पन्न भएको चौबीस घण्टा बित्नै लाग्दा पनि आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुुगेका छैनन्।
दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपुर् याएको भए पनि त्यसयता हेलिकोप्टरमा ढुवानी गर्न निर्वाचन आयोगसँग कुरा भएका कारण ती मतपेटिका आउन नपाएका हुन्।
मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले कुुलमध्ये ३४ मतदान केन्द्रका १३६ वटा मतपेटिका कार्यालयमा आइनपुुगेको बताए।
टाढाका मतदान केन्द्रबाट मतपेटिका सर्केगार्डमा जम्मा गरिए पनि त्यताबाट ल्याइएको छैन। सर्केगार्डबाट सदरमुुकाम सिमकोट पुुग्न डेढ दिन पैदल लाग्ने गर्छ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरमा ढुवानीका लागि कुरा भइरहेको बताइन्।
उनले आयोग मौखिक रुपमा सहमत भए पनि लिखित नआएका कारण अहिले नै हेलिकोप्टरबाट ढुवानी हुने कुरा भन्न नसकिने बताइन्।
आयोगले हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था गर्ला भनेर ३४ वटा मतदान केन्द्रका मतपेटिका सर्केगार्डमा राखिएको र मंगलबारसम्म हेलिकोप्टरको व्यवस्था नभएर पैदलै भए पनि ल्याइनेछ।
सर्केगार्डमा रहेका मतपेटिकामा ताँजाकोटका सात मतदान केन्द्रका मतपेटिका, अदानचुलीका आठ, चंखेलीका आठ र सर्केगार्डका बाह्र वटा मतदान केन्द्रका छन्।
मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने निश्चित नभएका कारण मतगणना कहिले गर्ने भन्ने निष्कर्षमा मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुुग्न सकेको छैन।
मतगणनास्थल तयार भए पनि बुुधबारबाट मात्र मतगणना हुन सक्ने देखिएको छ। हाल मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा तीन वटा गाउँपालिकाका २५ वटा मतदान केन्द्रका मतपेटिका मात्र आइपुुगेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































