सप्तरी २ मा प्रतिनिधि र प्रदेशमा जनमतको अग्रता कायमै

सप्तरी २ मा प्रतिनिधि र प्रदेशमा जनमतको अग्रता कायमै
+
-

जनकपुरधाम – सप्तरीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा जनमत पार्टीको अग्रता कायमै रहेको छ। मतगणना सुरु भएपछि सुरुवाती अग्रता कायम गरेको जनमत पार्टीले प्रतिनिधिसभा र प्रदेशको दुबै क्षेत्रमा आफ्नो अग्रतालाई बढाउँदै गएको छ।

प्रतिनिधिसभातर्फ पार्टीका अध्यक्ष डा सीके राउतले ३ हजार ९७५ मतसहित पहिलो स्थानमा छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १ हजार ७१६ मत ल्याएका हुन् ।

यस्तै, पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ९१३ मत प्राप्त गरेका हुन् । यस्तै प्रदेश तर्फ २ को ‘क’ मा जनमतका सतिश कुमार सिंहले ३ हजार ८ सय मतसहित पहिलो स्थानमा छन्।

जसपाका उम्मेदवार एवं मधेस सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह १ हजार ८३२ मत ल्याएका हुन् । यस्तै, लोसपाका सरोज कुमार मण्डलले १ हजार ३९४ ल्याएर तेस्रो स्थानमा छन्।

सप्तरी २ को ‘ख’ मा जनमतकै महेश प्रसाद यादव ३ हजार ६७ मतसहित पहिलो स्थानमा छन् । पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उमेश कुमार यादव १ हजार ५३८ मत र जसपाका लक्ष्मण यादव १ हजार १८४ मत ल्याएका हुन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’