कास्कीः २ र ३ मा घण्टीकाे अग्रता, १ मा एमाले

कास्कीः २ र ३ मा घण्टीकाे अग्रता, १ मा एमाले
+
-

पोखरा – मंगलबार बिहानसम्म कास्कीको २ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् । क्षेत्र नम्बर १ मा भने एमाले अगाडि देखिन्छ ।

६ हजार ७५० मतगणना सकिएको छ । नेकपा एमालेका मनबहादुर गुरुङले ३ हजार ४१२ मत पाएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बरालले २ हजार ६२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले १८९ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राइले २२९ मत पाएका छन् ।

क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवातदेखिको अग्रता कायमै छ । ८ हजार ३५२ मत गणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल नेकपा एमालेकी विद्या भट्टराइ भन्दा १७४ मतले अगाडि छन् ।

कँडेलले २ हजार ४३१ र भट्टराइले २ हजार २५७ मत प्राप्त गरे । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बराल तेस्रो स्थानमा छन् । उनको पक्षमा १ हजार ४०३ मत परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले १ हजार ८३ ल्याएर चौँथो स्थानमा छन् ।

कास्की ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको अग्रता छ । उनले ३ हजार ३०६ मत प्राप्त गर्दा एमालेका दामोदर पौडेल ‘बैरागी’ २ हजार ९५१ मत ल्याएर दोस्रो स्थानमा छन् ।

गठबन्धनकातर्फबाट उम्मेदवार बनेको माओवादीका रामजीप्रसाद बराल ‘जिवन’ को पक्षमा १ हजार ८७८ मत खसेको छ ।

बराल गण्डकीका अर्थमन्त्री समेत हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीको पक्षमा ६६६ मतदाता खुलेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’