निर्वाचनका लागि लिमीमा खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी

निर्वाचनका लागि लिमीमा खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी
+
-

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँको मतदान कार्यका लागि खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी भएकी छन्। मंगलबार रातिबाट उनलाई लेक लागेर टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिरामी भएकी हुन्।

लिमीको तिल मतदान केन्द्रका खटिएकी सहायक मतदान अधिकृत नवीन आचार्यका अनुुसार हल्जी मतदान केन्द्रमा खटिएकी सुन्दरी शाहीलाई लेक लागेर बिरामी भएकी छन्।

उनले हिजो रातिबाट टाउको दुुख्ने र श्वासप्रश्वासमा समस्या आएपछि शाही बिरामी भएको बताए। उनको अवस्था अहिले पनि उस्तै रहेका कारण चाँडो उद्धार गर्न उनले आग्रह गरे।

लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका र १३ जना मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सोमबारबाट हेलिकोप्टरमा ओसारिए पनि बाँकी ५१ जना कर्मचारी र सुरक्षाकर्मी लिमीको हल्जीमा छन्।

प्रमुख जिल्ला अधिकारी सीता परियारले लिमी खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै हेलिकोप्टरमा ओसार्ने कार्यक्रम भए पनि हेली नआएका कारण ओसार्न नसकिएको बताइन्।

उनले सम्भवतः बुधबार हेलिकोप्टर आउने र लिमीका सबै कर्मचारी र बिरामीको समेत उद्धार हुने बताइन्। लिमी जाने दुुई वटै नाका हिउँ जमेका कारण पैदल मार्ग बन्द छ। यसअघि लिमी अटिएका कर्मचारीलाई पनि हेलिकोप्टरबाटै लिमी लगिएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’